कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शाहरुख भन्छन्– राष्ट्रिय पुरस्कार पाएपछि रिटायर हुन्छु

एजेन्सी

मुम्बई — बलिउड सुपरस्टार शाहरुख खानले बेलाबेला अभिनयका थुप्रै अवार्ड पाए पनि सरकारले दिने राष्ट्रिय पुरस्कार नपाएकोमा गुनासो गर्दै आएका छन् । बक्स अफिसमा सुपरहिट भए पनि शाहरुख, सलमानजस्ता ठूला स्टारले राष्ट्रिय पुरस्कार पाएका छैनन् ।

शाहरुख भन्छन्– राष्ट्रिय पुरस्कार पाएपछि रिटायर हुन्छु



आफ्नो नयाँ फिल्म ‘फ्यान’को टिजर रिलिजमा पनि उनले यही कुरा दोहोर्‍याए । आफूले राष्ट्रिय पुरस्कार नपाएको कुरालाई ठट्यौलो पारामा उनले भने, ‘राष्ट्रिय पुरस्कार पाएको दिन म रिटायर्ड हुन्छु ।’

मनिष शर्माले निर्देशन गरेको ‘फ्यान’मा शाहरुखले सुपरस्टार आर्यन र उनको फ्यानको डबल रोलमा अभिनय गरेका छन् । फ्यानको भूमिकाका लागि उनको लुक फरक बनाइएको छ ।

 

प्रकाशित : पुस १६, २०७२ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?