कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतले हिन्दु राष्ट्रबारे चासो देखाएको थियोः देउवा

विराटनगर — कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भारत भ्रमणका बेला आफुले भारतीय नेतहरुससंग कुनै सहमति नगरेको दावी गरेका छन् ।

भारतले हिन्दु राष्ट्रबारे चासो देखाएको थियोः देउवा

विहीवार साँझ विराटनगर विमानस्थलमा संवाददाताहरुले भारतसंग तपाईले के सहमति गर्नु भएको थियो भन्ने प्रश्नमा नेता देउवाले भने, 'मैले कुनै सहमति गरेको हैन भारतमा विभिन्न नेताहरु संगको भेटमा हिन्दुराज्यका बारेमा उनीहरुले चासो देखाएका थिए, तर त्यसका लागि दुई तिहाइ चाहीन्छ भन्ने कुरापनि उनीहरुलाई थाहा थियो ।'

संविधान बन्नुअघिका भ्रमणमा भारतले हिन्दुराज्यबारे कुरा गरेको तर मुलुक धर्म निरपेक्षतामा गइ सकेको  आफूले जानकारी गराएको देउवाले बताए ।

सरकार आफ्नै बोझले ढल्ने दोहोर्‍याउँदै नेता देउवाले भने, 'सरकार राम्रोसंग चलेकै छैन् ।' संविधानमा छुटेका कुरालाई पुनः मधेसी दलहरुको सहमतिमा संसोधन गर्ने तयारी भइ रहेकाले अव वार्ता चाडै सफल हुने वताए । 'सहमती नजिक पुगेका छौ,' देउवाले भने, 'सिमाङकनमा पनि अब कुरा मिल्छ ।'

संवाददाताहरुले तपाई आसन्न कांग्रेस महाधिवेशनमा सभापतिको उमेद्वार हो नि ? भन्ने प्रश्नमा देउवाको उत्तर थियो 'तपाईहरुले के लाग्छ म उमेद्वार बन्छु कि बन्दीन होला ।' पार्टी भित्र कृयाशील सदस्यताको विवादलाई आयोगले दिएको प्रतिवेदनलाई हु बहु पालना गरी समाधान गर्नु पर्ने देउवाको भनाइ थियो । शुक्रवार यहाँ हुने नेपाल महिला संघको अञ्चल स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा भाग लिन देउवा आएका हुन् ।

 

प्रकाशित : पुस १६, २०७२ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?