कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘लुकामारी’ खेल्दै कर्मा–सुरविना

काठमाडौं — ‘लुकामारी’ ले महिना दिनअघि फस्टलुक सार्वजनिक गर्दा सौगात मल्ललाई फरक गेटअपमा उतारेको थियो । भारतीय नाकाबन्दीपछि इन्धन अभावले जनजीवन आक्रान्त भइरहेका बेला सौगात ग्यास सिलिन्डर हातमा झुन्डाएर फस्टलुकमा झुल्किएका थिए ।

‘लुकामारी’ खेल्दै कर्मा–सुरविना

उक्त लुक्सकै कारण श्रीराम दाहाल निर्देशित फिल्मलाई अलग धारको हुने मानिएको थियो ।

तर यति बेला फिल्मले रिलिजको मिति नजिकिँदै गर्दा नयाँ गीत सार्वजनिक गरेको छ । कर्मा र सुरविना कार्की फिचरिङ लभ सङले भने ‘लुकामारी’ लाई मूलधारे स्वादमै ढालेको लाग्छ ।

रेनेशा राईको कोरियोग्राफी रहेको ‘प्रस्ताव...’ बोलको उक्त गीतमा सुरविना र कर्मा आपसमा प्रेम सागरमा डुब्दै घना जंगलबीच नाचिरहेका देखिन्छन् ।

सुसन प्रजापतीको सिनेमाटोग्राफीमा देखिएको कलरफुल सिनमा कर्मा र सुरविना दुवै आकर्षक लाग्छन् ।

असार १० देखि प्रदर्शनमा आउन लागेको उक्त फिल्ममा सौगात, कर्मा र सुरविनाबाहेक पनि विक्रम सिंह, रिस्ता बस्नेत, जेबी डीसी, कृष्णभक्त महर्जन लगायतको अभिनय रहेको छ ।

सुरजमान सिंहको लगानी रहेको फिल्मको पटकथा पनि निर्देशक दाहालले नै तयार पारेका हुन् । फिल्मलाई कमेडी र सस्पेन्सको फयुजनका रूपमा वर्णन गरिएको छ । यसअघि पनि फिल्मको ‘काठमान्डु...’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

दोस्रो गीत ‘प्रस्ताव...’ मा विकास सिलवाल र प्रविशा अधिकारीको युगल गायन रहेको छ । फस्ट लुकले साधारण युवकको कथा बोकेको छनक दिएको फिल्मको दोस्रो गीतले
भने हाईफाई जीवनशैलीको संकेत दिन्छ ।

प्रकाशित : वैशाख २९, २०७३ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?