कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यु टेक्नोलोजी इन मोबाइल वर्ल्ड

मोबाइल वर्ल्ड कंग्रेस, मोबाइल डिभाइसको महाकुम्भ । गत साता स्पेनको बार्सिलोनामा आयोजना गरिएको यस मेलामा अपेक्षा गरे जस्तै केही नयाँ विशेषता भएका मोबाइल सार्वजनिक भए ।

न्यु टेक्नोलोजी इन मोबाइल वर्ल्ड
मोबाइलको मेलाका रूपमा सुरु गरिएको वर्ल्ड कंग्रेसमा सेल फोन हुने भए नै, त्यसबाहेक ट्याब्लेट, वेयरेवल, वायरलेस चार्जिङ, मोबाइल पेमेन्टजस्ता नयाँ प्रविधि पनि सार्वजनिक भए ।
मेलाकै अवसर पारेर एप्पलको आइफोनलाई टक्कर दिने गरेर सामसुङको आइफोन सिक्स एस, सिक्स एज, एचटीसीको एम ९ जस्ता फ्ल्यागसिप स्मार्टफोन सार्वजनिक भए । एचटीसीले भच्युअल दुनियाँ देखाउने हर्कुलसजस्तै हाइ-इन्ड भच्र्युअल रियालिटी हेड सेट फाइभ सार्वजनिक गर्यो । यस्तै माइक्रोसफ्टले फोर जी, डुअल सिमसहितका मिडरेन्जका लुमिया सेट बजारमा ल्यायो ।
उसले यसै अवसर पारेर नयाँ डिजाइनसहित विन्डोज टेन मोबाइल अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ । माइक्रोसफ्टकै पट्याएर पकेटमा राख्न मिल्ने ब्लुटुथ किबोर्ड मोबाइल वर्ल्ड कंगे्रसको अर्को आकर्षण रह्यो । मेलामा एप्पलको आइप्याडले अर्को कम्पिटिटर पाएको छ, सोनी । उसले एप्पलको आइप्याडमा हुने सुविधा भएको एक्सपेरिया जेड फोर ट्याब्लेट सार्वजनिक गर्यो ।
विभिन्न कम्पनीले आफ्ना फोनमा नयाँ फिचर थपेर अपग्रेडेड भर्सन ल्याउँछन् नै । यसपटक केही उपयोगी प्रविधि सार्वजनिक भए । एप्पलले आइफोन सिक्समा एप्पल पे नामको पेमेन्ट गेटवे ल्याएको थियो । अहिले सामसुङले ग्यालेक्सी सिक्स एससँगै सामसुङले सामसुङ पे नामको मोबाइल गेटवे सुरु गरेको छ । एप्पल पे र सामसुङ पे दुवैले क्रेडिट कार्डबिना मोबाइलबाट खरिद, सेवा प्रयोगको शुल्क भुक्तानी गर्न सकिन्छ ।
यी दुईमा यति फरक छ कि एप्पल पेबाट भुक्तानी गर्न सपिङ सेन्टरमा रहेको पेमेन्ट मेसिन नियरफिल्ड कम्युनिकेसन -एनएफसी) सुविधा भएको हुनुपर्छ । सामसुङ पे भने एनएफसीसहित म्याग्नेटिभ स्टिप्स रिडर भएको स्वाइप मेसिनमा पनि काम गर्छ । यसरी हेर्दा आइफोनको एप्पल पेले भन्दा ग्यालेक्सी एस सिक्स र एस सिक्स एजको सामसुङ पे बढी उपयोगी हुने देखिन्छ ।
सामसुङका यी दुई फोनले छिट्टै उपभोक्तालाई पेपर मनी र प्लास्टिक मनी (डेबिट/क्रेडिट कार्ड) बोक्नै नपर्ने अवस्था सिर्जना गर्नेछ । मोबाइल वर्ल्ड कंग्रेसमा मोबाइलसँगै विभिन्न कम्पनीले स्मार्ट वाच सार्वजनिक गरे । स्मार्ट वाच आम प्रयोगमा आउन थालेको केही वर्ष भइसकेको छ । त्यसैले धेरैलाई यस्तो डिभाइस नयाँ नलाग्न सक्छ । यसअघि आएका स्मार्ट वाच मोबाइल फोनबिना अपूर्णजस्तै थिए ।
मोबाइलसँग जोडिएर मात्र काम गर्ने स्मार्ट वाचको सट्टा एलजीले ल्याएको छ, जी वाच अर्बान एलटीई । यसले कुनै डिभाइससँग जोडिएर हैन, आफैंले पूर्ण क्षमतामा काम गर्छ । लग्जरियस घडीजस्तै देखिने यस डिभाइस चलाउन एलजीले आफ्नो वेब ओएर र गुगलको एन्ड्रोइड वेयर ओएसको कम्बिनेसन एलजी वेयरेबल प्लेटर्फम विकास गरेको छ ।
यस घडीबाट कल गर्ने, रिसिभ गर्ने, एसएमएस/इमेल पठाउनुका साथै यसमा रहेका कैयौं एपको सहायताले आफ्ना धेरै काम गर्न सकिन्छ । यसको इन्टरनल मेमोरी ४ जीबी र र्याम १ को छ । एलजीले यस स्मार्ट वाचलाई अझ धेरै उपयोगी बनाउन औडीलगायतका कार उत्पादक कम्पनीसँग डिल गरिरहेको छ । उसको प्रयास छ, कारको लक/अनलक पनि घडीबाटै गर्न सकिने सुविधा दिने ।
यात्रामा मोबाइललगायतका डिभाइस बोकेर हिँड्दा सबैभन्दा बढी झेल्नुपर्ने समस्या हो, चार्जिङको । अहिलेसम्म आएका वायरलेस चार्जिङ म्याग्नेटिक इन्डक्सन प्रविधिबाट चल्दै आएका छन् । यस वर्षको मोबाइल वर्ल्ड कंग्रेसमा भने वायरलेस चार्जिङमा नयाँ प्रविधि जोडिएको छ । अहिलेसम्मको वायरलेस चार्जिङमा आफ्नो ग्याजेटलाई म्याग्नेटिङ इन्डक्सन इन्टरफेसमा राख्नुपर्छ ।
-समाचार एजेन्सीको सहयोगमा

प्रकाशित : फाल्गुन २९, २०७१ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?