कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विज्ञापनमा 'सेलिबि्रटी'

रोशन अधिकारी

अस्ट्रेलिया र न्युजिल्यान्डमा वान डे विश्वकप सुरु हुन लाग्दा नेपाली क्रिकेट कप्तान पारस खड्का संचार माध्यममा छाउन थाले ।

विज्ञापनमा 'सेलिबि्रटी'
पारस खेलका कारण समाचार बनेको नभएर विज्ञापनमा ब्रान्ड एम्बेसेडरका रूपमा छाएका थिए । विज्ञापनकर्ताले चलिरहेको विश्वकपदेखि आउँदो इन्डियन पि्रमियर लिग (आईपीएल) सम्मलाई लक्षित गरेर पारसलाई विज्ञापनमा उतारेका छन् ।
दर्जन हाराहारी ब्रान्डसँग जोडिइसकेका पारस सेलिबि्रटी खेलाडीका रूपमा विज्ञापन बजारमा सबैभन्दा बढी पकड भएका व्यक्ति समेत भएका छन् । मौदन बाहिर पनि राम्रो कमाई गर्नेमा उनको नाम सबैभन्दा अगाडि छ । पारसको विज्ञापन बजारको उपस्थिति सिजनल हो, विज्ञापनविज्ञ तथा पि|mल्यान्सर अभय पाण्डे भन्छन, क्रिकेट सुरु भएपछि विश्वयापी रूपमै क्रिकेटर विज्ञापन बजारमा छाउँछन् र त्यसपछि हराउँछन् ।
खेलाडी त्यसमा पनि विशेष गरेर क्रिकेटरको विज्ञापन आयु लामो नहुने विश्लेषण छ, उनको । पछिल्ला केही वर्ष हेर्दा वाषिर्क ५ अर्ब रूपैंया हाराहारी कारोबार गर्ने नेपाली विज्ञापन बजारमा स्थानीय सेलिबि्रटी र मोडलको उपस्थिति बढ्न थालेको छ । पारस जस्ता राष्ट्रिय हिरोसँगै सिनेमाका सदाबहार नायक राजेश हमाल र सबैभन्दा सफल कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य विज्ञापन बजारका सबैभन्दा ठूला खेलाडी छन् ।
व्यवसायी रकम, विज्ञापनको संख्या र असरका आधारमा हमाल र मह जोडीलाई अघि राख्छन् । सँगै काम गर्ने मह जोडी विज्ञापनमा पनि छुटिदैनन् । त्यसैले विज्ञापन बजारका सार्वधिक पि्रमियम ब्रान्ड पनि यी दुई हुन् । वर्षदिन चल्ने विज्ञापनका लागि २० देखि २५ लाख रूपैयाँसम्म कलाकारले माग गर्ने र पाउने अवस्था आएको छ, विज्ञापन व्यवसायी विशाल पुरुष ढकाल भन्छन् ।
एक्लै खेल्ने र बढी पारिश्रमिक पाउनेमा राजेश हमाल अघि छन् । बजार स्रोतका अनुसार सुटिङ हुने दिन, समय र विज्ञापनको अवधि हेरेर हमालले ८ देखि १० लाख रूपैयाँसम्म पारिश्रमिक लिन्छन् । मह जोडी र राजेश हमाल विज्ञापन बजारमा १ देखि १३/१४ नम्बरसम्म आउँछन्, विज्ञापन व्यवसायी सन्तोष सिलवाल गिरी भन्छन, नेपालको सहरी बजार सानो छ, ग्रामिण बजारमा सबैले चिन्ने सेलिबि्रटी कम छन् ।
त्यसैले होला, अधिकास विज्ञापनमा हमाल वा मह जोडी कुनै क्यारेक्टर नभएर स्वयम प्रचार गरिरहेका हुन्छन् । ब्रान्डका रूपमा आफूलाई स्थापित गरेपछि मात्रै यस्तो गर्न सम्भव छ । मह जोडीले धेरै वर्ष गरेको मिहिनेत लगानी बनेको छ, ढकाल भन्छन, अहिले त्यसको रिर्टन भइरहेको छ । हमाल पनि आफै ब्रान्डका रूपमा छाएका छन् । भारतमा अमिताभ वच्चनका धेरै सिनेमा नआए र नचलेपनि पनि विज्ञापन धेरै आउँछन ।
त्यसको कारण खुलाउँदै पाण्डे भन्छन, किनभने उनले केही बोल्दा सबैले सुन्ने र हेर्ने इमेज बनेको छ । राजेश हमालको पनि त्यस्तै हो । स्थानीय उत्पादन मात्रै नभएर विदेशी कम्पनीले पनि नेपाली सेलिबि्रटी मार्फत विज्ञापन गर्ने क्रम पछिल्ला वर्ष बढेको छ । हमालसँगै करिश्मा मानन्धर, निमा रुम्बा लगायत विदेशी कम्पनीले पत्याएका थोरै स्वदेशी सेलिबि्रटीमा पर्छन ।
विदेशी विज्ञापन यहाँ किन देखाउने भन्ने उठ्न थालेसँगै नेपालमा पनि राम्रो विज्ञापन बन्न सक्छ भन्ने विश्वास भयो, पाण्डे भन्छन, त्यसैले बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा नेपाली सेलिबि्रटी छाउन थालेका हुन् । आकार र प्रभावसँगै केही वर्षयता बजार परिवर्तन हुन थालेको छ । पछिल्ला ४/५ वर्षमा अवस्था राम्रै परिवर्तन भएको छ, ढकाल भन्छन, प्रोजेक्ट र वर्ष हेरेर शुल्क तयार हुन्छ र पारिश्रमिक पाउने क्रममा पनि सुधार छ ।
विज्ञापन बजारमा नयाँ कलाकारको उपस्थिति पनि बढ्दो छ । नम्रता श्रेष्ठ, सदीक्षा श्रेष्ठ, माल्भिका सुब्बा, निशा अधिकारी पनि पछिल्ला समय विज्ञापन बजारमा देखिने क्रम बढेको छ । खेलाडी, गायकदेखि बैंकरसम्म विज्ञापनमा देखिन थालेका छन् । थोरै स्थापित सेलिबि्रटी र नयाँ अनुहारबीच पारिश्रमिकमा ठूलो खाडल छ । ४/५ लाख लिए भन्ने छन् । वास्तविकतामा ज्यादै कम पारिश्रमिक छ, बजारका एक निर्देशक भन्छन् ।
सेलिबि्रटी स्टाटस छुनेको संख्या कम रहेकाले पनि पारिश्रमिकमा फरक पर्ने गिरी बताउँछन् । सेलिबि्रटी भनेका इम्पोसिबल टु सि, टच एन्ड फिल भन्छन, गिरीले भने, त्यस अनुसार मेन्टेन हुनलाई पारिश्रमिक राम्रो पाउनु पर्यो र पारिश्रमिक पाउनका लागि त्यसै गरेर मेन्टेन हुनुपर्यौ । तर राम्रो पक्ष, पछिल्लो समय विज्ञापन पनि निश्चित अवधि तोकेर बन्ने क्रम सुरु भएको छ ।
धेरै जसो दुई वर्षका लागि गरिने सम्झौता अनुसार भुक्तानी पनि हुन थालेको छ । विदेशी कलाकार ल्याएर खेलाउन नसक्ने भएकाले पनि स्वदेशीको माग बढ्न थालेको छ । त्यसमा सिनेमा मात्र नभएर टेलिभिजनका कालाकारको पनि उपस्थिति बाक्लो छ । विदेश गएर विज्ञापन सुटिङ गर्ने छिटफुट घटना बाहेक विदेशबाट नेपाल आएर विज्ञापन बनाउने क्रम भने बढ्ने सम्भावना छ ।
विज्ञापन बजारका जानकार विदेशी एक्सपोजरको प्रसङ्गमा चिसो पेय पदार्थको सुटिङका लागि निमा रुम्बा विदेश पुगेको सम्भिmन्छन् । त्यही कम्पनीले भारतीय अभिनेता अमिर खानलाई भादगाउँले टोपी लगाएर नचाउँदै अर्को विज्ञापन पनि बनाएको थियो । विदेशमा चिनिएका र नेपाली विज्ञापनमा देखिएका नेपाली भने कम छन् । नेपालबाटै अभियन सुरु गरेर भारत पुगेकी मनीषा कोइराला र पछिल्लो समय बलिउडमा देखापरेका सुनिल थापा विदेशमा गरेको काम पछि स्वदेशी विज्ञापनमा देखिएका छन् ।
हाम्रोमा विज्ञापनमा सेलिबि्रटी प्रयोग गर्ने चलन पनि धेरै पुरानो छैन । टेलिभिजनको सुरुवातसँगै सम्भिmन सक्ने केही विज्ञापन बजारमा आए । डली गुरुङको चाउचाउको र मनिषा कोइरालाको मेगा उलको विज्ञापन सुरुका चर्चित विज्ञापनमा पर्छन, पाण्डे सम्झन्छन, तर त्यो समय दुवै सार्वजनिक रूपमा चिनिने गरेर चर्चित भैसकेका थिएनन् ।
सँगै नेपाल भित्रका विदेशीको क्रेज घट्ने पनि सम्भावना छैन । गत साता एउटा बहुराष्ट्रिय कम्पनीले बलिउड कलाकार साहरुख खानलाई प्रचारका लागि काठमाडौंमा उतार्यो । मिडिया कभरेजले उक्त योजना सफल भएको देखायो । नेपाली कलाकार विदेशी मिडियासम्म छाएका उदाहरण थोरै भए पनि छन् । पुराना हिरोइन मेलिना मानन्धर एक स्थापित भारतीय ब्रान्डको विज्ञापनमा छाएकी थिइन ।
पछिल्लो समय माल्भिका सुब्बा पनि हिन्दी भाषामा डब गरेर बजाइने विज्ञापनमा देखा परेकी छन् । नेपाली विज्ञापनको इतिहासमा पहिलो पटक भारतीय उत्पादनको नेपाली विज्ञापन बनाएर डब गर्दै भारतीय च्यानलमा देखाइएको छ, सुब्बाले आफ्नो फेसबुकमा मेलिनाको विज्ञापनबारे पनि उल्लेख गर्दै लेखेकी छन् । तर के गर्ने, विदेशमा चिनिएर वा ब्रान्डका रूपमा नेपाली कलाकारको उपस्थिति भने छैन ।

प्रकाशित : चैत्र ६, २०७१ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?