कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नासा च्यालेन्जका उत्कृष्ट आइडिया

विजय तिमल्सिना

अमेरिकाको नेसन एरोनोटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) ले हरेक वर्ष विश्वभर स्पेस एप च्यालेन्ज ह्याकाथन आयोजना गर्छ ।

नासा च्यालेन्जका उत्कृष्ट आइडिया

विश्वभर ४८ घण्टाको समयमा हुने यो प्रतिस्पर्धामा सहभागीले दिइएको च्यालेन्जमा दुई दिनभित्र आफ्नो आइडिया मिसाएर प्रोटोटाइप एप्लिकेसन बनाउनुपर्ने हुन्छ । जुन मानिसको जीवनका लागि उपयोगी हुन सक्छ । 

यो वर्ष यो प्रतियोगिता विश्वभरका १ सय ६० सहरमा एकै पटक भएको थियो । काठमाडौंमा चौथोपटक यो प्रतियोगिता आयोजना भएको हो । इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को संयोजनमा यो च्यालेन्ज आयोजना गंिरँदै आएको छ । यो वर्ष वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र इसिमोडले यो च्यालेन्ज आयोजना गरेको हो । 
च्यालेन्जमा सहभागीलाई टिममा विभाजन गरेर नासाले दिएको वा स्थानीय आयोजकले दिएको च्यालेन्जअनुसारको एप्लिकेसन बनाउन लगाइन्छ । यो वर्ष नासाले ६ क्षेत्रका २६ विषयमा च्यालेन्ज दिएको थियो । काठमाडौंमा आयोजित ह्याकाथनमा आयोजक संस्थाले सहभागीलाई ६ विषयको च्यालेन्ज दिएका थिए । काठमाडौंमा भएका च्यालेन्जमा कम्प्युटर ६३ प्रोग्रामर र डिजाइनर सहभागी थिए । 
उनीहरूलाई १६ समूहमा बाँडेर शनिबार र आइतबारको बीचमा एप्लिकेसन बनाउन लगाइएको थियो । आइसीमोडले दिएको पहिरो जानुपूर्व स्थानीय जनतालाई सुसूचित गर्न सक्ने एप्लिकेसन बनाएर विशाल भण्डारी, सरोज बुर्लाकोटी र प्रकाश राईको टिम प्रथम भएको छ । यो टिमको नाम स्मार्ट नेपाली दिइएको छ । 
ह्याकाथनमा सहभागी १६ टिममध्ये १० समूहले ग्लोबल च्यालेन्ज सल्भ गर्न एप्लिकेसन बनाएका थिए । 
अरू ६ वटा टिमले स्थानीय च्यालेन्ज सल्भ गर्ने प्रयास गरे । पहिलो हुने टिमले पहिरो जानुपूर्व स्थानीय मानिसलाई मोबाइल म्यासेजमार्फत सूचना दिने आइडियामाथि काम गरेको थियो । उसले दुई दिनको बीचमा स्थानीय सामग्री प्रयोग गरेर ‘सावधान’ नामक प्रोटोटाइप डिभाइस बनाएको थियो । उक्त डिभाइसमा रेन गज, जीपीएस ट्रयाकर, भाइब्रेसन सेन्सरजस्ता उपकरण हुनेछन् । 
प्रतियोगितामा भाग लिँदा भने टोलीले स्थानीय सामग्री प्रयोग गरेर प्रोटोटाइप उपकरण तयार पारेको हो । यो उपकरणलाई पहिरोको जोखिम हुने स्थानमा राखेर सेन्ट्रल सर्भरमा तथ्यांक पठाउन मिल्ने टिमका सदस्य विशाल भण्डारीले जानकारी दिए । यस्तो उपकरणले संकलन गरेको तथ्यांकको आधारमा सेन्ट्रल सर्भरबाट प्रभावित क्षेत्रका जनतालाई मोबाइलमार्फत म्यासेज गर्न सकिनेछ । 
यो उपकरणले पानी परेको मात्रा, जमिनमा पसेको पानीको मात्रा, जमिन थर्किने क्रमलगायत तथ्यांक संकलन गर्न सक्छ र यी प्रक्रियाहरू औसतभन्दा बढी भए प्रभावित क्षेत्रका जनतालाई म्यासेज पठाउन सकिन्छ । इच्छुक संस्थाले लगानी गर्न चाहे यसलाई पूर्णता दिने इच्छा रहेको भण्डारीले बताए । दोस्रो हुने टिमले भने सर्भेमा प्रयोग हुने मोबाइल एप डिभाइन गरेको छ । 
यसको नाम एपीआई छ । रवीन बञ्जाडे, डिवाकर सेरला, कपिल देवकोटा र प्रीति ओलीको टिमले तयार पारेको यो एप अफलाइन पनि प्रयोग गर्न सकिन्छ । उनीहरूलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले यस्तो एप तयार पार्ने च्यालेन्ज दिएको थियो । यो एपमा राखिएको प्रश्नोत्तर अफलाइनमा हेर्न सकिने र तथ्यांक भर्न सकिने टिमका सदस्य रवीन बञ्जाडेले जानकारी दिए । 
अनलाइन भएका बेला यस्ता तथ्यांक सेन्ट्रल सर्भरमा अपडेट हुनेछन् । दृष्टिविहीनलाई हिँडडुल गर्न, लेख्न र पढ्न सघाउने पञ्जा बनाएको प्रतीक बस्याल, वसन्त साह, मोनालिसा धिमाल र युवराज उपाध्यायको टिमले ग्लोबल च्यालेन्जअन्तर्गत यो पञ्जा तयार पारेको हो । भिज्युअल्ली (आईएम) पेयर्ड नाम दिएर यो ग्रुपले काम गरेको हो । यो पञ्जाले अक्षरको फोटो खिचेर ध्वनिमा रूपान्तरण गर्न सक्छ । 
औंलाले बनाएको आकारअनुसार अक्षर टाइप गर्न सक्छ र हिँडडुल गर्दा कतै अवरोध छ भने अलर्ट दिन्छ । आर्डिनो माइक्रोक्ट्रोलरको प्रयोग गरेर यस्तो पञ्जा बनाइएको टोली सदस्य प्रतीक बस्यालले जानकारी दिए । तेस्रो भएको यो आइडिया ग्लोबल च्यालेन्जमा प्रतिस्पर्धा गर्नसमेत छनोट भएको छ । योसँगै काइकास नाम गरेको ग्रुपले बनाएको मंगल ग्रहको थ्रीडी मोडल पनि ग्लोबल च्यालेन्जमा जान छनोट भएको छ । 
 

प्रकाशित : वैशाख १७, २०७३ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?