कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्य: मैंले पढेको पुस्तक

टेल्स अफ टोइल्यान्ड पुस्तक इनिङ ब्लिटनले लेखेकी हुन्। यो किताबमा धेरैवटा कथा छन्। किताबको मुख्य कथा 'द पोर फ्यरी डल' बाट सुरु हुन्छ। यो किताबमा एउटा जुली नामको सेलर डल हुन्छ।

साहित्य: मैंले पढेको पुस्तक
टेल्स अफ टोइल्यान्ड पुस्तक इनिङ ब्लिटनले लेखेकी हुन्। यो किताबमा धेरैवटा कथा छन्। किताबको मुख्य कथा द पोर फ्यरी डल बाट सुरु हुन्छ। यो किताबमा एउटा जुली नामको सेलर डल हुन्छ। ऊ सधैं गीत गाइरहन्छ। उसको अनुहारमा ठूलो मुस्कान हुन्छ। एक दिन टिप टो नामको डल प्लेरुममा आउँछ। तर उसलाई खेलौना राखिएको दराजमा अरू खेलौनाहरूले जान दिँदैनन्। उल्टै टिप टोलाई कोइला राख्ने कोठामा सुत्नु भन्छन्। ऊ त्यहीं सुत्छ। सुत्नासाथ उसका सबै कपडा कालो हुन्छ। ऊ रुन थाल्छ। जुली त्यही बेला मुस्कुराउँदै कोठामा आउँछ। फ्यरी डललाई देख्छ। फ्यरी आफ्नो समस्या जुलीलाई भन्छ। जुलीले टिप टोलाई टोइल्यान्ड जान भन्छ। उनीहरू सँगै जान्छन्। यहींबाट उनीहरूको एड्भेन्चर सुरु हुन्छ। जब कथा अघि बढ्दै जान्छ, जलि र टिप टोले साथीहरू बनाउँदै जान्छ। सबै कथा असाध्यै रमाइला छन्। यसको मूल्य २ सय २५ रुपैयाँ पर्छ।

- संयोग बोहोरा
(कक्षा-८, केएमसी स्कुल, काठमाडौं।)


कविता : संविधान

नेपालको माटोमा फल्छ सुनजस्तै धान
जनताको एउटै आवाज बनाउन संविधान
गरिब धनी सबैको एउटै आवाज सुनी मान
यो आवाज उठाउँदा किन थुन्छौ तिम्रो कान
दुःख नमानेर संविधान बनाऊ
देशको लागि अमूल्य योगदान दिलाऊ
राजनीतिज्ञ सबै मिली देशभर जाऊ
देशभर शान्ति सुरक्षा कायम गराऊ
जनताको अगाडि तिमी साह्रै सड्यौ
संविधानसभामा कुर्सी नै फोड्यौ
गरिब, धनी सबैले गरे, तिम्रो समर्थन
अब त देखाइदेऊ कस्तो हुन्छ संविधान

- शिशिर भुसाल
(कक्षा-१०, प्रेसस स्कुल भक्तपुर।)


चुट्किला


विज्ञान शिक्षक कक्षा ४ मा पढाउन गएछन्। कक्षाभित्र पसेपछि राम भन्ने विद्याथीलाई प्रश्न गरेछन्।
शिक्षक : राम, भन त, ढुंगा पानीमा किन डुब्छ?
राम - सर, ढुंगा पानीमा किन डुब्छ भने ढुंगालाई पौडी खेल्नै आउँदैन।

- जीवन रायमाझी
(कक्षा-६, ईपीएस स्कुल, काठमाडौं।)

प्रकाशित : माघ १८, २०७१ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?