बारपाकको बिजुली मोडल

सौरभ ढकाल

हरियाको दैनिकीलाई लोडसेडिङले नराम्ररी गाँजेको छ। दशकयता मन फुकाएर विद्युत् उपभोग गर्न नपाएका नेपालीले लोडसेडिङलाई दैनिकीकै अंगका रूपमा स्विकारेका छन्।

बारपाकको बिजुली मोडल
गोरखाको पर्यटकीय गाउँ बारपाकलाई भने यस्तो समस्या छैन। धेरै उत्पादन भएर, उपयोग गर्ने मान्छे नभएर विद्युत् खेर गइरहेको छ गोरखाको यो उत्तरी गाउँमा।
२९ वषर्ीय कोशीराम घले भारतको दिल्लीमा एक बेकरी उद्योगमा काम गरिरहेका थिए। बेकरीमा पोख्त भएर पश्चिमा देश जाने रहर थियो उनलाई। गाउँमा बिजुली खेर गइरहेको थाहा पाएपछि भने उद्योग खोल्ने मनसाय लिएर दुई वर्षपहिले गाउँ फर्किए। र, सानो बेकरी उद्योग सुरु गरे। पाउरोटी, केक, कुकिज बनाएर उनी यतिखेर गाउँलेलाई खाजाको नयाँ स्वाद दिँदैछन्। लाउरे बस्ती भएकाले उनको बेकरी राम्रो चलेको छ। अरूले उपयोग नगर्ने रातिको समयको विद्युत् प्रयोग गरेर मेसिन चलाउँछन्। खेर गइरहेको समयको बिजुली खपत गर्दा उनले कम मूल्यमा बिजुली पाउँछन्। मात्रै ३ रुपैयाँ प्रतियुनिट। कोशीराम आप\mनो गाउँमै बसेर दिल्लीको भन्दा राम्रो कमाइ भएकोमा दंग छन्।
बारपाककै अर्का युवा नरबहादुर घलेले केवुल सञ्चालन गरेको करिब आठ वर्ष भयो। उनले सञ्चालन गरेको केबुलका कारण गाउँलेहरूले देश विदेशका टेलिभिजन च्यानल हेर्न पाएका छन्। इन्टरनेट चलाएर सूचनासँगै मनोरञ्जन लिन सकेका छन्। उनी गाउँमा च्यानल कान्छा भनेर चिनिन्छन्। मनाङको धारापानीमा ४० घरका लागि केबल सञ्चालन गरेको उनले देखेका थिए। त्यसैबाट प्रभावित भएर १२ सय घर भएको गाउँमा उनले उद्योग सुरु गरे। गाउँमा पर्याप्त बिजुली भएकाले सबैका घरमा टेलिभिजन सेट भित्रिँदै गए। अहिले उनका ५ सयभन्दा बढी ग्राहक छन्। जसले उनको जीविका राम्ररी चलेको छ।
पहिले बत्ती नहुँदाका दिन सम्भmदा ७० वषर्ीय काइँली घलेलाई कहाली लाग्छ। पहिले निकै दुःख थियो। दिनभरि बारीमा काम गर्नु अनि रातभर ढिकी जाँतो गर्नुपथ्र्याे, उनले सुनाइन्, रातको अँध्यारोमा भेंडाको उनबाट बक्खु उन्नुपथ्र्यो। अहिले बत्ती भएर काम गर्न निकै सजिलो भएको छ। ढिकी जाँतो चलाउनुपरेको छैन। गाउँमा चारवटा जति मिल खुलेका छन्। गाउँमा अहिले घर बनाउने ढुंगाको जोहो गर्न गाह्रो छैन। बिजुलीबाट चल्ले ढुंगा काट्ने उद्योग बारपाकमा खुलेका छन्।
स्थानीय स्कुलकी विद्यार्थी हिममाया घलेलाई यहाँकोे जीवन सहरको भन्दा सहज लाग्छ। सहरमा जस्तो बत्ती जाँदैन। त्यसैले राति पढ्न पनि सजिलो छ। बारपाकका सबै घरले बत्तीको भरमग्दुर सुख भोग गर्न पाएका छन्। केही वर्षदेखि मोबाइलको चारवटा टावर बारपाक वरिपरि राखिएका छन्। ती टावरले गाउँमा उत्पादित बिजुली खपत गर्छन् २४ सै घन्टा। मोबाइल टावरहरूले यस्ता साना जलविद्युत्को बिजुली खपत गरेको सम्भवतः यो पहिलो उदाहरण यो।
विसं २०४८, जतिबेला गोरखा जिल्लामै विद्युत् पुगेको थिएन त्यतिबेला एक उद्यमी वीरबहादुर घलेले साना जलविद्युत्बाट पहिलोपल्ट बारपाकमा बिजुली बाले। बारपाक ग्रामीण विद्युतीकरणले अहिले १४० किलोवाट विद्युत् उत्पादन गरिरहेको छ। जसलाई ३१० वटा पोलमा ११० किलोमिटर तार मार्फत १२ सय घरमा पुर्याइएको छ।
हाल उत्पादित १४० किलोवाट विद्युत् रातमा पूरा खपत हुन्छ। दिनमा पनि बढीभन्दा बढी खपत होस् भनेर स्थानीयस्तरमा सञ्चालित सबै उद्योगहरूमा आपूर्ति गरिएको छ। अन्य समयमा पनि विद्युत्गृहलाई भार पुर्याउन गाउँमा चल्न सक्ने साना उद्योगधन्दा स्थापना गर्न प्रोत्साहित गरेकैले अहिले बारपाकमा ४ वटा गहुँ पिस्ने मिल, २ फर्निचर उद्योग र एउटा हाइभिजन हल सञ्चालित छन्। यी उद्योगहरूमा आपूर्ति गर्दा पनि पूरा विद्युत् खपत हुन सकेको थिएन। पछि बारपाकमै ठड्याइएका नेपाल टेलिकम, एनसेल, स्मार्ट फोन, एसटीएम र हेलो नेपालजस्ता दूरसञ्चार कम्पनीका टावरहरूमा समेत आपूर्ति गरेर विद्युत्गृहमा भार पुर्याइएको छ। यस्ता टावरहरूमा आपूर्ति गरिने विद्युत्ले २४ घन्टासम्मको पावर ब्याकअप पुग्ने गरी ब्याट्री रिचार्ज गर्दछ। परियोजनालाई आम्दानीको २० प्रतिशत यिनै टेलिफोन कम्पनीहरूबाट प्राप्त हुन्छ।
घरायसी प्रयोगमा एक घरले प्रतियुनिट ७ रुपैयाँका दरले बढीमा १५० युनिट खपत गर्न पाउँछन्। हिटर प्रयोगकर्ताले भने बढी शुल्क तिर्नुपर्छ। त्यस्तै राति १२ बजेपछि प्रतियुनिट ३ रुपैयाँका दरले उपभोग गर्न पाउने गरी बेकरी उद्योगमा आपूर्ति गरिएको छ। अन्य समयमा व्यापारिक प्रयोजनका लागि विद्युत् खपत गर्नेहरूले प्रतियुनिट १० रुपैयाँ तिर्नुपर्ने हुन्छ। यस्ता लघु जलविद्युत् आयोजनाहरू करमुक्त छन्।
विद्युत् उत्पादनसम्बन्धी कुनै औपचारिक डिग्री वीरबहादुरसँग छैन। तर, लघुजलविद्युत्का क्षेत्रमा उनी विज्ञ मानिन्छन्। आज देशका १६ जिल्लामा उनको कम्पनी हाइड्रो इनर्जी कन्सर्न कार्यरत छ।

प्रकाशित : पुस १९, २०७१ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?