कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'नाकाबन्दी हल गर्नुस'

भरतपुर — काङग्रेस महामन्त्री प्रकाशमान सिंहले नाकाबन्दी समस्या चाँडै हल गर्नु पर्ने बताए । भरतपुर विमानस्थललमा प्रेस यूनियनले आयोजन गरेको पत्रकार सम्मेलनमा उनले भारतलाई विश्वास दिलाउन संसोधन विद्येयक पेश भएको र वार्ता छलफल अघि बढेको बताए ।

 'नाकाबन्दी हल गर्नुस'

सरकारले जनताको दैनिकी सहज बनाउन भुमिका खेल्नु पर्नेमा उनले जोड दिए । मधेसी मोर्चालाई विश्वास दिलाएर २/३ महिनामा सिमाङकनको विवाद मिलाउने गरी समिति बनाउनु पर्नेमा जोड दिए ।
संसदमा पेश भएको संविधान संसोधन विद्ययेक माथि सैद्धान्तिक छलफल सकिए लगत्तै आफ्ना मागहरु समावेश गराउन मधेसी मोर्चा सकारात्मक बन्नु पर्ने उनले बताए । सिमाङक मिलाउने कुरा प्राविधिक तथा राजनैतिक विषय भएकाले तत्कालै टुङग्याउन नसकिने उनले जिकिर गरे । काङग्रेसको आसन्न महाधिवेसनमा आफुले कार्यकर्ताको मनोभावना बुझेर उम्मेदवारी घोषणा गर्ने उनले बताए । 'काङग्रेसको नेतृत्व नयाँ संविधान कार्यान्वयन गराउन सक्नेले लिनु पर्छ,' उनले भने, 'पुराना नेता तथा नयाँ नेताहरु नेतृत्वमा आउन खोज्नु सकारात्मक हो ।'

 

प्रकाशित : पुस १५, २०७२ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?