कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संस्कृत विश्वविद्यालयमा फेरि ताला लाग्यो

दुर्गालाल केसी

दाङ — बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शुक्रबार फेरि तालाबन्दी भएको छ । बुधबार मात्रै कांग्रेस र एमालेका नेता तथा सभासद्हरुले ताला फोडेका थिए ।

प्रगतिशिल प्राध्यापक संगठन केन्द्रीय समितिले आफ्ना मागहरु पूरा नभएको भन्दै फेरी ताला लगाएको हो ।

संगठनले सात सुत्रिय माग राखी जेठ ६ गते ताला लगाएको थियो । नेताहरुले मागका बिषयमा छलफल नै नगरी ताला फोडेका कारण फेरि तालाबन्दी गरेको संगठनका केन्द्रीय सचिव डिलाराम भट्टराईले बताए । बुधबार कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी, जिल्ला सभापति किर्तीबहादुर खड्का तथा एमाले पोलिटव्यूरो सदस्य तथा सांसद भागवत विश्वासी र जिल्ला अध्यक्ष जोगबहादुर रानाको नेतृत्वमा ताला फुटाइएको थियो ।

ताला लगाउने जानकारी पाएपछि शुक्रबार दिनभर विश्वविद्यालय केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको थियो । प्रहरीले अबरोध गर्ने अवस्था भएपछि बेलुकापख तालाबन्दी भएको थियो ।

 

प्रकाशित : असार १७, २०७३ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?