कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साहित्यकार ओझाको निधन

भीमदत्तनगर — सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए ।

सुदूरपश्चिमका अग्रज साहित्यकार आत्माराम ओझाको ८८ वर्षको उमेरमा शुक्रबार बिहान कञ्चनपुरको भीमदत्तनगरमा निधन भएको छ ।

कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए । उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए ।

एक दर्जन कृतिका रचयिता साहित्यकार ओझाले सुदूरपश्चिमाञ्चल साहित्य पुरस्कारसमेत प्राप्त गरेका थिए । त्यसैगरी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानका महासचिव टी एन जोशीले पनि साहित्यकार ओझाको निधनबाट साहित्य र संस्कृतिका क्षेत्रमा क्षति पुगेको अभिव्यक्तिसहित भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उनका प्रसिद्ध कृति हुन् । रासस

प्रकाशित : पुस १५, २०७३ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?