कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वाइन संक्रमित तीन जना अस्पताल भर्ना

कान्तिपुर संवाददाता

काठमाडौ — स्वाइन फलु संक्रमणले थलिएर अस्पतालमा भर्ना हुनेहरुको संख्या बिहीबार तिन जना पुगेको छ । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वावुराम मरासिनिका अनुसार हाल राजधानीमा दुई र भरतपुरमा एक जना अस्पतालमा भर्ना छन ।


शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा स्वाइन परिक्षण गराउन आउनेहरुको संख्या बढदो रहेको अस्पतालका डा.राजेश साहले बताए । विहिवार समेत समेत भ्रमण इतिहास नभएका राजधानीको केहि व्यक्तिमा स्वाइन देखिएको उल्लेख गर्दे डा.साहले अनुसार संक्रमितलाइ परिक्षण पछि टैमी फलु औषधि दिएर पठाइएको बताए ।
हालको स्थितिमा मधुमेह, मुटू, कलेजो, स्नायु सहित दमका रोगी, बुढापाका, पाच वर्ष मुनीका वालवालिका, गर्भवतीहरुलाई स्वाइनको सम्भावित संक्रमण वाट आफूलाई जोगाउनु पर्ने डा.साह बताए ।
उनले मृगौला लगायत अंग प्रत्यारोपपण गराएकाहरुको साथै एचआईभी/एडस भएका वा रोग प्रतिरोधक क्षमता कम भएकाहरूलाई समेत  स्वाइन संक्रमण वाट वाच्ने सल्लाह दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षण वाट स्वाइन फलु प्रमाणित हुनेहरुको संख्या २१ पुगेको हो । प्रयोगशालामा स्वाइन परिक्षण गराउन पुग्नेहरुको संख्या बढदो छ ।
 

प्रकाशित : फाल्गुन १४, २०७१ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?