कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुममा जन्मी हुर्किएका एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ३८ औं प्रधानमन्त्री निर्वाचित भएपछि तेह्रथुमका नागरिकले खुशीयाली मनाएका छन् ।

ओली प्रधानमन्त्री भएपछि जन्मघरमा खुशीयाली

केन्द्रमा पहुँच नहुँदा विकासमा पछि परेको गुनासो गरिरहने जिल्लावासी आफ्नौ जिल्लामा जन्मिएका ओली प्रधानमन्त्री भएपछि जिल्लाले विकास र देशले स्थायी शान्ति पाउने आशमा खुशीयाली साटासाट गरिरहेका छन् ।

तत्कालीन आठराई पोखरी गाउँ पञ्चायत वडा नम्बर ५ हाल ईवा २ खानीगाउँ तेह्रथुममा २००८ साल फागुन ११ गते जन्मिएका ओली आज प्रधानमन्त्री निर्वाचित भएलगत्तै जिल्लाभरका नागरिकले खुशी मनाइरहेका छन् । आºनै गाउँले देशको प्रधानमन्त्री हुँदा खुशीले सिमा नाघेको इवा गाविसका निवर्तमान उपाध्यक्ष तुलसी संग्रौलाले बताए ।

राजनीतिको केन्द्रभागमा रहेका ओली देशको प्रमुख कार्यकारी प्रधामन्त्री भएको भन्दै एमालेले जिल्लाभर आज साँझ दीपावली गर्ने तयारी गरिरहेको एमाले उपाध्यक्ष लक्ष्मण तिवारीले बताए ।

ओलीले प्रारम्भिक शिक्षा आर्जन गरेको तत्कालीन प्रणामी मिडिल स्कुलमा पनि भव्य दीपावलीको तयारी भैरहेको निवर्तमान गाविस उपाध्यक्ष संग्रौलाले बताए ।

प्रकाशित : आश्विन २४, २०७२ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?