१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

झमकलाई विद्यावारिधिको औपचारिक पत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले साहित्यकार झमक घिमिरेलाई धनकुटामा आज मानार्थ विद्यावारिधिको औपचारिक पत्र प्रदान गरेका छन् ।

झमकलाई विद्यावारिधिको औपचारिक पत्र

गत जेठ २६ गते विद्यालयले घिमिरेलाई विद्यावारिधिको मानार्थ उपाधि दिने निर्णय गरेको थियो । विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीसहितको बैठकले घिमिरेलाई उक्त उपाधि दिने निर्णय गरेको उपकुलपति कोइरालाले जानकारी दिए ।

विश्वविद्यालयका रजिष्टार डा.महेन्द्रकुमार मल्ल सहितको टोलीले घिमिरे निवास धनकुटा ३ कचिडेमा पुगेर औपचारिक पत्र प्रदान गरेका हुन् । विश्वविद्यालयको निर्णयपछि मौखिक जानकारी गराएपनि घिमिरेलाई औपचारिक पत्र आज प्रदान गरिएको हो ।

विद्यावारिधिको पत्र बुझ्नेक्रममा साहित्यकार घिमिरेले ‘सानो मान्छेलाई ठूलो उपाधि दिइएको छ, यसको मर्यादा राख्ने प्रयास गर्ने’ लिखित प्रतिक्रिया दिइन् । कार्यक्रममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागार्इँले असल र सही पात्र छनौंट गरी विश्वविद्यालयले घिमिरेलाई उपाधि दिएकोमा आभार प्रकट गरे ।

साहित्यकार घिमिरेलाई आगामी साउन महिनाभित्र राजधानीमा विशेष कार्यक्रमका बिच विद्यावारिधिबाट दीक्षित गराइने उपकुलपति कोइरालाले कान्तिपुरलाई जानकारी दिए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले प्रदान गरेको पहिलो मानार्थ विद्यावारिधिको उपाधि घिमिरेले पाएकी हुन् ।

प्रकाशित : जेष्ठ ३१, २०७३ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?