कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोइरालाको स्वास्थ्यस्थिति अझै गम्भीर

उपचारका लागि विदेश लैजाने टुंगो लागेन
अ‌ंगद ढकाल

काठमाडौं — उपचारमा संलग्न चिकित्सकहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको अवस्था अझै गम्भीर रहेको बताएका छन् । बुधबार ३ बजे पत्रकारहरुलाई गरिएको ब्रिफिङमा अझैपनि भेन्टिलेटरमै रहेको जानकारी गराइयो ।

कोइरालाको स्वास्थ्यस्थिति अझै गम्भीर

उपचारमा संलग्न चिकित्सकहरुले कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको अवस्था अझै गम्भीर रहेको बताएका छन् । बुधबार ३ बजे पत्रकारहरुलाई गरिएको ब्रिफिङमा कोइराला अझैपनि भेन्टिलेटरमै रहेको जानकारी गराइयो ।

‘औषधिले काम गरिरहेको छ, यद्यपी अवस्था गम्भीर छ’ डा. लभनरसिंह जोशी भने, ‘२४ घण्टा नहेरेसम्म केही भन्न सकिने अवस्था छैन ।’

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले एयर एम्बुलेन्सबाट बिदेश लगेर भएपनि उपचार गराउने भने पनि अझै टुङ्गो लाग्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकले उपचारका लागि लैजानेसमयलाई बिरामीको शरिरले थेग्न सक्ने वा नसक्ने भन्न नसकिने उल्लेख गरे । यद्यपी यस विषयलाई खुला राखेको बताएका छन् ।

म‌ंगलबार बेलुका ८ बजे अचानक असजिलो महसुस भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

तर, बुधबार बिहान ५:३० बजे उनलाई नर्सहरुले अर्धचेत अवस्थामा देखेपछि चिकित्सकलाई खबर गरेका थिए । त्यतिबेला उनको रक्तचाप ६०/४० थियो भने शरिरमा अक्सिजन लेभल मात्र ६९ प्रतिशत थियो । उनले बान्ता पनि गरेका थिए । त्यसपछि चिकित्सकले उनलाई ‘सिपिआर’दिनुका साथै इनट्युबेट गरेका थिए । लगत्तै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।



प्रकाशित : असार २२, २०७३ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?