कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं — प्रधानमन्त्री केपी अोली र एमालेका केही नेताहरुले संविधानमा नयाँ सरकार गठनको प्रावधान नभएको बताइरहेका बेला एमालेकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने स्वभाविक रुपमा नयाँ सरकार बन्ने बताएका हुन् ।

नयाँ सरकार गठनमा कुनै अप्ठ्याराे छैन: पूर्वप्रधानमन्त्री खनाल

प्रधानमन्त्री केपी अोली र केही एमाले नेताहरुले संविधानमा नयाँ सरकार गठनको प्रावधान नभएको बताइरहेका बेला एमालेकै नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले भने स्वभाविक रुपमा नयाँ सरकार बन्ने बताएका हुन् ।

'अविश्वासको प्रस्ताव पारित भएपछि स्वभाविक रुपमा नयाँ सरकार बन्छ' खनालले भने, 'म नयाँ सरकार गठनमा कुनै अप्ठ्यारो देख्दिन । नयाँ सरकार गठन हुन्छ ।'

उनले राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको समेत बताए । 'संविधान कार्यान्वयनको लागि सबै दलहरुबीच एकता हुनु जरुरी भएकोले राष्ट्रिय सहमतिको सरकार आवश्यक छ । राष्ट्रपतिले सरकार गठनको आह्वान गरेपछि छलफल गरौं' उनले भने, 'होइन, एमाले प्रतिपक्षमै बस्नु पर्छ भन्ने हो भने तपाईहरुको जय होस्, म यति भन्न सक्छु ।'

शुक्रबार संसदमा पेश भएको अविश्वासको प्रस्तावमाथि जारी छलफलमा उनले नेपाल विगत लामो समयदेखि लामो राजनीतिक अस्थिरता रहेकोले यस्तो अस्थिरतालाई स्थिरतामा बदल्न सहमति नै आवश्यक रहेको बताए ।

उनले अस्थिरताको भूमरीतिर राष्ट्र गयो देश दुर्घटनामा पर्ने बताए । भने, 'स्थिरता दिन सबै सतर्क हुन जरुरी छ।'

उनले संविधानले आगामी २०७४ माघ ७ गतेसम्मभित्रमा ५ वटा चुनाव गर्नुपर्ने तर समय छोटो भएकोले सहमतिको आवश्यकता नै भएको बताए । उनले संसदमा बोल्दै भने, 'हामीले संघीयत घोषणा गरिसकेका छौं । त्यसलाई सफल पार्न आवश्यक छ ।'

खनालले भने, 'संविधानमा संघीयताको घोषणा गरिएको तर त्यसको संरचना अहिलेसम्म बनाएका छैनौं ।'

उनले देश विकासको लागि पनि राष्ट्रिय सहमति नै आवश्यक रहेको बताएका छन् । । राष्ट्रिय शक्तिहरु नमिलेसम्म राष्ट्रिय समस्या समाधान हुने बताए । उनले भने, 'हामी जबसम्म मिल्दैनौं । हामीले पर्यटन उद्योगधन्दा लगायतका हुनै पनि क्षेत्रको विकास हुन सक्दैन ।'

यसैगरी उनले सरकार परिवर्तन स्वभाविक प्रक्रिय भएको बताए । नेकपा एमालेले पनि यो अविश्वासको प्रस्तावलाई पनि एउटा स्वभाविक प्रक्रियाको रुपमा लिएर अगाडि बढ्ने बताए । अब नयाँ सरकार बन्ने र यसमा जटिलता नभएको बताए ।

पूर्वप्रधानमन्त्री खनालले सरकारले ल्याएको बजेट राम्रो भएको तर त्यसमा आस्रित विधेयक पारित हुन नदिनुचाहिँ राम्रो नभएको बताएका छन् ।

प्रकाशित : श्रावण ९, २०७३ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?