कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आइओएमका पहिलो डिन शाहको निधन

कान्तिपुर संवाददाता

काठमाडौं — इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) का पहिलो डिन डा. मोइन शाहको निधन भएको छ । ८५ वर्षीय शाहको त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको उनका आफन्त नेहाल शाहले बताए । उनी हड्डीलगायत रोगले ग्रस्त थिए ।

इन्स्टिच्युट अफ मेडिसिन (आइओएम) का पहिलो डिन डा. मोइन शाहको निधन भएको छ ।

८५ वर्षीय शाहको त्रिवि शिक्षण अस्पतालमा सोमबार बिहान निधन भएको उनका आफन्त नेहाल शाहले बताए । उनी हड्डीलगायत रोगले ग्रस्त थिए । रोगले च्यापेपछि उनलाई आइतबार अस्पताल लगिएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।

अमेरिका र मलेशियामा रहेका दुई छोरा काठमाडौं आएपछि शाहको इस्लामिक परम्परा अनुसार अन्त्यष्टी हुने छ । डा. शाहले आइओएमका साथै साउदी अरबको जेद्दा र इङ्ल्याण्डमा रहेर लामो समय काम गरेका थिए ।

प्रकाशित : श्रावण १०, २०७३ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?