कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाकाली राजमार्ग अवरुद्ध

रासस

बैतडी — अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्ग आज बिहानबाट अवरुद्घ भएको छ । महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम सडकखण्डको मालिकार्जुनको पनेवाँजमा पहिरो खस्दा सडक अवरुद्घ भएको सवार यात्रु चन्द्रकान्त अवस्थीले जानकारी दिए ।

अविरल वर्षासँगै सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्ग आज बिहानबाट अवरुद्घ भएको छ ।

महाकाली राजमार्गअन्तर्गत गोकुलेश्वरदेखि दार्चुला सदरमुकाम सडकखण्डको मालिकार्जुनको पनेवाँजमा पहिरो खस्दा सडक अवरुद्घ भएको सवार यात्रु चन्द्रकान्त अवस्थीले जानकारी दिए ।

अवरुद्घ सडक खुलाउन पहल भइरहेको बताइएको छ । पहिरोका कारण सडक राजमार्ग अवरुद्ध भएर यातायात पूर्णरुपमा बन्द हुँदा यात्रु अलपत्र परेका छन् ।

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा दार्चुलाबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी र दार्चुला सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका सवारी साधन ठप्प भएका छन् ।

उक्त राजमार्ग पहिरोका कारणले बेलाबेलामा अवरुद्ध हुँदै आइरहेको छ ।

प्रकाशित : श्रावण १३, २०७३ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?