कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बारामा गाउँले सशस्त्र प्रहरीबीच झडप

तीन राउन्ड हवाई फायर
लक्ष्मी साह

बारा — दसगजासित जोडिएको कवहीगोठ ८ संतगन्जस्थित गाउँले सशस्त्र सीमा सुरक्षा बल बीओपीका प्रहरीबीच बुधवार दोहोरो भडप हुँदा प्रहरी निरिक्षकसहित दुबै तर्फ चार जना घाइते भएका छन् ।

स्थानीय प्राथमिक विद्यालयको रकम हिनामिना गरेको आरोप लागेका प्रधानाध्यापकपक्ष र गाउँलेबीच विवाद भएर तनाव भएपछि सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो । 

झडपको क्रममा सशस्त्रले तीन राउन्ड हवाइ फायर गरेको छ । झडपले विद्यालय परिसर आसपास दिनभर तनाव रह्यो । तेलकुवा, बरियारपुर र कवहीगोठबाट प्रहरीको थप बल परिचालन गरिएपछि अवस्था समान्य बनेको प्रहरी निरिक्षक नगेन्द्र खत्रीले बताए । थप मद्दतमा पुगेका तेलकुवाँ बेस क्याम्पका प्रहरी निरीक्षक तेजबहादुर ठकुरीसहित एक जवानलाई क्रमशः छाती र टाउकोमा चोट लागेको छ । 

यसैगरी गाउँले तर्फ २८ वर्षीय मन्जय साह कानुको अनुहार र ५५ वर्षीय रामक्षेत्री पडित कुम्हालको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरु सबैको स्थानीय स्वास्थ्यकर्मीले औषधि उपचार गरेको । प्रअ एकवालीप्रसाद यादवले विद्यालयको रकम हिनामिना गरेको भनिएको विषयमा छलफल सिलसिसिलामा विवाद भएपछि बीओपीका प्रहरीले प्रअलाई बचाउ गर्दै हस्तक्षेप गर्न खोज्दा झडप भएको स्थानीय मुकेश प्रजापतिले बताए ।  

प्रकाशित : श्रावण २६, २०७३ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?