कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मी पौडेल पुरस्कृत

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल वातावरण पत्रकार समुह (नेवापस) ले कान्तिपुरकर्मी मनोज पौडेललाई पुरस्कृत गरेको छ ।



३१ औं साधारणसभामा आइतबार समुहले कपिलवस्तुमा रहेर पत्रकारिता गर्ने पौडेललाई वातावरण पुरस्कार प्रदान गरेको हो । २५ हजार रुपैयाँ नगद र सम्मानपत्रसहितको यो पुरस्कार गत २२ जेठमा वातावरण दिवसमै घोषणा भएको थियो ।

साधारणसभाले समुहको २ वर्षका लागि अर्जुन ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा सुबोध गौतम, महासचिवमा रमेश भुसाल, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा सोमनाथ लामिछाने चयन भएका छन् । यस्तै, जीतेन्द्र राउत, सविन शर्मा, कल्पना भण्डारी, शारदा रिजाल, भूमिरमण नेपाल र सूर्यमान शाक्य सदस्य चयन भएका छन् ।

प्रकाशित : आश्विन १७, २०७३ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?