युवा संघद्वारा नेपालगन्जमा चक्काजाम
नेपालगन्ज — एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा नेपालगन्जको पुष्पलाल चोकमा चक्काजाम गरिएको छ । युवा संघ बाँकेले हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको हो ।
एमालेनिकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा नेपालगन्जको पुष्पलाल चोकमा चक्काजाम गरिएको छ ।
युवा संघ बाँकेले हत्याको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै एक घण्टा चक्काजाम गरेको हो । चक्काजामका कारण नेपालगन्ज—कोहलपुर सडक अवरुद्व भएको छ ।
हत्याविरुद्व एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा कडा पारेको छ । युवा संघका जिल्ला अध्यक्ष किशोर थापाले हत्यामा संलग्न व्यक्तिहरुलाई कारबाही नगरिए सशक्त आन्दोलनको चेतावनी दिएका छन् ।