कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समाचारमा आज : जन्ती बोकेको जिप दुर्घटनादेखि भारतीय नोटमा प्रतिबन्धसम्म

काठमाडौँ — कुनै जमाना थियो, नेपालमा भारतीय नोट सरी बरी चल्थ्यो । तर, बिस्तारै समयले कोल्टे फेर्‍यो, भारतीय नोटमाथिको कसिकसाऊ सुरु भयो । त्यसमा पनि उत्तरचढाब भइरहन्छ । बेलाबेला भारतमा काम गर्ने नेपालीहरूले प्रतिबन्धित नोट ल्याएको भनेर हैरानी पनि खेप्नु पर्छ । अब फेरी एक पटक यो हैरानी व्योहोर्नु पर्नेवाला छ । सरकारले भारतीय एक सयको नोट भन्दामाथिका सबै प्रतिबन्ध लगाइएको छ ।

समाचारमा आज : जन्ती बोकेको जिप दुर्घटनादेखि भारतीय नोटमा प्रतिबन्धसम्म

जन्ती बोकेको जिप दुर्घटना: पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ रिहारमा बिहेको जन्ती बोकेको जिप र बस ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । अर्कै गाडीमा भएकाले दुलहा–दुलही भने बचेका छन् । दुर्घटनामा परी दुलाहाका बुवाआमासहित मृत्यु भएको हो । थप.......


प्रधानन्यायाधीशमा राणाको सिफारिस : केही दिनयता बैठक सरेर निर्णयमा पुग्न नसकेको संवैधानिक परिषद्को बैठकले अन्ततः चोलेन्द्र शमसेर राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउने भएपछि संवैधानिक परिषद्लाई निर्णय गर्नु पर्ने दबाब परेको हो । थप......


फेरी चिनियाँ राष्ट्रपति र रेलकै कुरा : पछिल्ला वर्षमा धेरै चर्चा भएको विषयमध्ये चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र चिनियाँ रेल नेपालसम्म आइपुग्ने हो । यद्यपि न त चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरे, न त चिनियाँ रेल नेपालसम्म आइपुग्ने बारे कुनै ठोस अवधारणा नै बन्न सक्यो । अझै चर्चा भने सेलाएको छैन । बिहीबार बेइजिङमा भएको नेपाल–चीन दुई पक्षीय परामर्श संयन्त्रमा पनि यो कुरा उठ्यो । थप....


एक सयको भारतीय नोट मात्र वैध : कुनै जमाना थियो, नेपालमा भारतीय नोट सरी बरी चल्थ्यो । तर, बिस्तारै समयले कोल्टे फेर्‍यो, भारतीय नोटमाथिको कसिकसाऊ सुरु भयो । त्यसमा पनि उत्तर चढाव भइरहन्छ । बेलाबेला भारतमा काम गर्ने नेपालीहरूले प्रतिबन्धित नोट ल्याएको भनेर हैरानी पनि खेप्नु पर्छ । अब फेरी एक पटक यो हैरानी व्योहोर्नु पर्नेवाला छ । सरकारले भारतीय एक सयको नोट भन्दामाथिका सबै अबैध घोषणा गरेको छ । थप.....


पानीकै दुख : अझै पनि पानीकै लागि घण्टौँ भौँतारिनु पर्छ भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ । यो केही वर्षअघिसम्म नेपाली ग्रामीण जीवनको कटु सत्य भए पनि अहिले धेरै ठाउँमा धाराको पानी व्यवस्था भएको छ । तर बुङ्गल–६ झलकपुरबासीका लागि भने अझै पनि नियति उस्तै छ । झन्डै आधा घण्टा टाढाको कुवामा घण्टौँ कुरेर पानी ल्याउनु पर्ने दैनिकीले सबैभन्दा धेरै विद्यार्थीलाई पिरोलेको छ । उनीहरूको कक्षा छुट्ने गरेको छ । बसन्तप्रताप सिंहको फोटो फिचर । थप......

प्रकाशित : मंसिर २७, २०७५ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?