कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालमा थपिए ४ हजार ६३६ कोरोना संक्रमित, २४ घण्टामा ४ जनाको मृत्यु

काठमाडौँ — नेपालमा ४ हजार ६३६ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ५५६ आरटी पीसीआर तथा एन्टिजेन परीक्षणमा ४ हजार ६३६ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । 

नेपालमा थपिए ४ हजार ६३६ कोरोना संक्रमित, २४ घण्टामा ४ जनाको मृत्यु

१० हजार ४१२ जनाको पीसीआर परीक्षणबाट ३ हजार ४१२ र ४ हजार १४४ एन्टिजेन परीक्षणमा ९३३ मा कोरोना पुष्टि भएको हो । यो सँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ ।

२४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना निको भएका छन् ।

त्यसैगरी ४ लाख ३५ हजार १९३ जनाले विगत २४ घण्टामा खोप लगाएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित : माघ १, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?