कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

कोरोनाको कारण देखाउँदै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ — संघीय संसद्, प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गरिएको छ ।

कोरोनाको कारण देखाउँदै प्रतिनिधिसभा बैठक स्थगित

संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

कोरोना संक्रमण बढ्दै गएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ । 'माघ ३ गते सोमबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक कोभिड-१९ को बढ्दो संक्रमणका कारण उक्त दिन र समयमा बस्न नसक्ने भएकोले' स्थगित गरिएको सूचनामा उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ १६ गते आइतबार दिनको १ बजेका लागि निर्धारण गरेको पनि सूचनामा उल्लेख छ ।

प्रतिनिधिसभा बैठक यसअघि पनि पटक-पटक स्थगित हुँदैआएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोधका कारण पछिल्लो समय संसद्ले काम गर्न सकिरहेको छैन । राष्ट्रिय सभाको बैठक पनि पटक-पटक सूचना टाँसेर स्थगित गरिँदै आएको छ । सोमबारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना आइतबार मात्रै जारी गरिएको थियो ।

प्रकाशित : माघ २, २०७८ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?