कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिडियाखाना प्रवेशमा खोप कार्ड अनिवार्य

काठमाडौँ — वन्यजन्तुलाई कोरोना संक्रमण बढ्न सक्‍ने खतरा औंल्याउँदै सदर चिडियाखानामा आगन्तुकहरुलाई कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र बोकेर आउनेहरुलाई मात्रै प्रवेश दिइने चिडियाखाना प्रशासनले जनाएको छ ।

चिडियाखाना प्रवेशमा खोप कार्ड अनिवार्य

वन्यजन्तुमा कोरोना संक्रमण फैलन सक्ने भएकाले घुम्‍न आउने पर्यटकहरुलाई खोप कार्ड अनिवार्य गरिएको चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेले जानकारी दिइन् ।

चिडियाखाना खुला भएपनि बन्द जस्तै अवस्थामा रहेको छ । कोरोना संक्रमण फैलिएपछि आगन्तुकहरुको संख्या पनि घटेको छ । संक्रमण दर बढेसँगै अहिले एक पटकमा चिडियाखाना क्षेत्रभित्र अधिकतम २५० जनालाई मात्रै प्रवेश दिइने चालिसेले बताइन् । कोरोना सुरु हुनुभन्दा अघि चिडियाखानामा दैनिक हजारभन्दा बढी पर्यटक भ्रमणमा आउने गरेका थिए ।

हाल चिडियाखानामा दैनिक रुपमा ३ पटक निर्मलीकरण गर्ने गरिएको छ । 'वन्यजन्तुको बायो सेक्युरिटीको कुरामा हामी सचेत छौं, ' उनले भनिन्,'बिहान दिउँसो र बेलुका गरेर दैनिक ३ पटक डिसइन्फेक्ट गर्छौं । यसमा स्वास्थ्य सुरक्षाको पनि कुरा जोडिन्छ । हामी छुट्टै मापदण्ड बनाएर बसेका छौं ।'

संक्रमण दर फैलिँदै गए अन्य विकल्प खोजी गरिने चिडियाखानाले जनाएको छ ।

प्रकाशित : माघ ६, २०७८ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?