कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा चढ्दै अश्‍वेत आरोही

स्थानीय नेपाली र शेर्पाहरूसँग सम्बन्धका लागि

काठमाडौँ — सर्वोच्च शिखर सगरमाथामा ४ हजार मानिसले आरोहण गरिसके । थुप्रै देशका मानिसले सगरमाथामा पाइला टेकेका छन् । तर पहिलो आरोहणको ७ दशकभन्दा लामो अवधिमा जम्मा ८ जना अश्‍वेत नागरिकले सगरमाथा चढेका छन् ।

सगरमाथा चढ्दै अश्‍वेत आरोही

तिनै ८ जनालाई पछ्याउँदै अहिले सगरमाथा आरोहणका लागि ९ जनाको अश्‍वेत टोली नेपाल आइपुगेको सिएनएनले जनाएको छ । सिएनएनमा प्रकाशित समाचारअनुसार उनीहरूले एक अभियानकै रुमा आरोहणको तयारी गरेका हुन् ।

अश्वेतहरूको यस आरोहण अभियानलाई 'फूल सर्कल' नाम दिइएको छ । 'यो एक आरोहण अभियान हो । यो पहाडहरूमा समय बिताउनका लागि बनेको समूह हो । तर यो समूह विश्वव्यापी समुदाय निर्माणका लागि पनि हो । र यो कालाहरूको समुदायबारे बनेको भाष्य परिवर्तनका लागि पनि हो । विशेषगरी संयुक्त राज्य अमेरिकामा र बाहिर हामी अन्तरक्रिया गर्छौं भन्नेबारे पनि यो अभियान बनेको हो,' फूल सर्कलका एक सदस्य रोजमेरी सालले भनिन् ।

साल यसअघि अलास्कास्थित डेनाली र माउन्ट किलिमन्जरो आरोहण गर्ने अश्वेत समूहको एक सदस्य समेत हुन् । तर 'फूल सर्कल'को सदस्यको रुपमा उनी यस अभियानलाई फरक रुपमा अर्थ्याउँछिन् ।

तुलनात्मक रुपमा पर्वतारोही समुदाय सानै छ । उक्त समूहसँग जोडिएको सगरमाथा संसारका सबैले चिन्नसक्ने एक नाम हो । फूल सर्कलकै अर्की सदस्य अब्बी डायोन सगरमाथाले सबैलाई आकर्षित गरेको ठान्छिन् । अमेरिकाको फ्लोरिडावासी डायोन आफू बसेकै सहरमा आरोहण सम्बन्धी जिम सञ्चालन पनि गर्छिन् । जुन अमेरिकामै दुई अश्वेत महिलाले सञ्चालन गरेका आरोहणसम्बन्धी जिममध्ये उनको एक हो ।

यस समूहले हिमाललाई एक बिम्बको रुपमा पनि अर्थ्याएको छ । फूल सर्कलका सदस्यहरूका अनुसार यस आरोहण अभियानको एक महत्वपूर्ण काम भनेको स्थानीय नेपालीहरू र शेर्पा समुदायहरूप्रति उनीहरूको आरोहणप्रति सम्मान गर्नु हो ।

फूल सर्कलले शेर्पाहरूलाई उनीहरूले नियमित आम्दानी गर्नेभन्दा धेरै रकम दिने बाचा गरेका छन् । जबकि उनीहरू पर्वतारोहणका आधारमै आफ्नो परिवारको खर्च धानिरहेका छन् । उदाहरणका लागि सगरमाथाको पहिलो र सर्वाधिक प्रसिद्ध आरोहणलाई लिने हो भने सर एडमन्ड हिलारीले आफ्नो नाम १९५३ मा पहिलो आरोहीको रुपमा लेखाएका थिए । तर उनका शेर्पा गाइड तथा सहकर्मी तेन्जिङ नोर्गेको नाम दशकौंसम्म रेकर्डमा थपिएन।

यसवाहेक हिलारीभन्दा पनि पहिले थुप्रै शेर्पाहरू शिखरको चुचुरोमा पुगेको बताइन्छ । डायोन भन्छिन्, उनीहरूको आरोहण अभियान फूल सर्कलले सगरमाथा आरोहणलाई 'उपनिवेशबाट हटाउने' (डिकोलोनाइज) लक्ष्य राखेको छ ।

'हाम्रो लक्ष्य भनेको बाहिरका मानिसहरू र यसलाई अपनत्व गर्न नसकेकाहरूसँग गहिरो र सम्मानजनक सम्बन्ध राख्नु हो । यदी तपाइँलाई पनि यो गर्न सकिन्छ जस्तो लाग्छ भने स्वागत छ,' सालले भनिन् ।

साल आफ्नो बाल्यकालमा खेलकुद र घरबाहिर निस्कनका लागि अवरोध गर्ने पहिलो व्यक्ति नै आफ्नै समुदायका भएको सम्झन्छिन् । उनी भन्छिन्, 'जब म किशोरी थिएँ । मैले रक क्लाइम्बिङ कोर्स जसरी पनि गरेँ । म आफ्नो परिवारका सदस्य, साथीभाइहरूलाई भन्थेँ, तब तुरुन्त भनिन्थ्यो कि, ओहो कालो मानिसहरूले त्यस्तो गर्दैनन् भन्ने जवाफ आउँथ्यो । कालो मानिस हिमाल चढ्दैनन् भनिन्थ्यो ।'

संयोगवश् साल जन्मिएको ठाउँ सियाटलमा त्यस्ता मानिसहरू थिए जसले उनलाई यस्तो रुचीतर्फ आकर्षित गर्थे । डायोनका लागि भने महिलाहरू बाहिर निस्कन पाउने प्रश्न पेचिलो बनेको थियो । उनी सोच्थिन् कि ६००० मिटरभन्दा माथि महिनावारी हुँदा कस्तो होला !

दुवै महिलाहरूका लागि प्रेरणाका व्यक्तिको रुपमा फुल सर्कलका संस्थापक फिल हेन्डरसन हुन् । जसले सगरमाथा आरोहणका लागि तयारी गराएका छन् । क्यालिफोर्नियाका हेन्डरसन आम अश्वेत आरोहीहरूका लागि नै प्रेरणा व्यक्तिको रुपमा चिनिएका अगुवा हुन् ।

किलिमन्जरो आरोहणको अश्वेत समूहको नेतृत्व गरेका उनले नेश्नल आउटडोर लिडरसीप स्कुलमा लामो समय प्रशीक्षकको रुपमा काम गरे । प्रारम्भिक चरणमा अरु धेरै अश्वेत युवाहरू जस्तै हेन्डरसन पनि खेलकुदमा सक्रिय थिए । फुटबलमा उत्कृष्ट खेलाडीको पहिचान बनाए पनि घुँडामा चोट लागेपछि भने 'आउटडोर स्पोर्ट्स'मा उनी आकर्षित भए ।

सन् २००० मा हेन्डरसनले अश्वेत आरोही समूहको नेतृत्व गरेर माउन्ट केन्यासमेत आरोहण गरेका छन् । उनी साहसी मात्रै नभएर आम अश्वेत युवाहरूमाझ आउटडोर स्पोर्ट्सका विज्ञको रुपमा परिचित छन् । 'पर्वतारोहण, आरोहण र समग्र आउटडोर इन्डस्ट्रीमा काला जातिको प्रतिनिधित्व भएको छ। तर हाम्रा कथाहरू सुनाइँदैन,' हेन्डरसनले आफ्नो इन्स्टाग्राममा लेखेका छन् ।

अहिले सगरमाथा आरोहण टोलीमध्ये यसअघि सगरमाथा आरोहणको अनुभव भएका हेन्डरसन मात्रै एक्लो सदस्यसमेत हुन् । जसले २०१२ मा नै सगरमाथा आरोहण गरेका थिए । र त्यसबेलाको अमेरिकी आरोही टोलीमा उनी एक्लो अश्वेत आरोही थिए ।

सिएनएनका अनुसार हेन्डरसनसहितको ९ सदस्यीय टोली आरोहणका लागि २०२२ को जनवरीमा नेपाल आइसकेको छ । यदी यो टोलीका सबै सदस्यले सर्वोच्च शिखर आरोहण सम्पन्न गरेमा अश्वेत आरोहीको संख्या दोब्बर हुनेछ । फुल सर्कललाई नर्थ फेस, समीट कफी, स्मार्टउल र माउन्टेन सेफ्टी रिसर्चसहितका अन्तर्राष्ट्रिय कर्पोरेट प्रायोजकहरूले साथ दिएको बताइएको छ ।

प्रकाशित : माघ ११, २०७८ २०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?