कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

सन्तोष सिंह

धनुषा — जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरी बीच झडप भएको छ । राष्ट्रिय सभाको मधेस प्रदेशको मतदानस्थलनजिक जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । 

जनकपुरमा जनमतका कार्यकर्ता र प्रहरीबीच झडप

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानतर्फ जनमत पार्टीका कार्यकर्ताहरु बाँसको भाटा लिएर जान खोज्दा झडप भएको हो । प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीडलाई तितरबितर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले बताए । प्रदर्शनकारीहरूको संख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पूर्वघोषित किसान आन्दोलनअन्तर्गत बुधबार मुख्यमन्त्री लालबाबु राउतलाई जनमत पार्टीले ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । ज्ञापन पत्र बुझ्न आनाकानी गरेको भन्दै मुख्यमन्त्री जहाँ देखिए त्यहीँ ज्ञापनपत्र बुझाउने जनमत पार्टीले जनाएको छ ।

यता राष्ट्रियसभाको मधेस प्रदेशको मतदान बिहान साढे ९ बजे देखि सुरु भएको छ । मतदानस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ

प्रकाशित : माघ १२, २०७८ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?