कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

काठमाडौँ — सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने स्वीकृति दिने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

सञ्चार तथा सूचना,प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका विभिन्न प्रसारण लाइन तथा सबस्टेसन आयोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले भोजपुरस्थित नेपाली सेनाको फस्ट राइफल गणको ब्यारेक पेरिमिटरको उत्तर र पूर्वतर्फ फैलिएको स्थानीयको स्वामित्वमा रहेको करिब २० रोपनी १५ आना दुई दाम जग्गा प्राप्त गर्न स्वीकृति प्रदान गरेको छ ।

कञ्चनपुर र कैलालीमा एकीकृत फोहरमैला व्यवस्थापन प्लान्ट स्थापनाका लागि शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकाको वनक्षेत्रभित्र पर्ने जग्गा प्रयोग गर्न पनि स्वीकृति प्रदान गरेको छ ।

प्रकाशित : माघ १२, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?