कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री

अतुल मिश्र

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले १२ वर्षमाथिका ५९ प्रतिशत नेपाली नागरिकले पूर्ण मात्रा र ७१ प्रतिशतले कम्तीमा एक मात्रा कोभिड विरूद्धको खोप लगाएको जानकारी दिएका छन् ।

१२ वर्षमाथिका ५९ प्रतिशत नेपालीले कोरोनाविरुद्ध पूर्ण मात्रा खोप लगाए : प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले शुक्रबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दातृ निकायलगायत सबै सहयोगकर्तालाई घन्यवाद दिने क्रममा उक्त जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. आरपी विच्छा लेभने-'खोप सुनिश्चित गर्ने प्रक्रियामा उल्लेखनीय उपलब्धिको लागि आज प्रधानमन्त्रीज्यूले सरोकारवाला सबैलाई घन्यवाद दिनुभयो।'

खोप अभियानमा उल्लेखनीय उपलब्धिको लागि खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर चैत मसान्तसम्म सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराउने प्रक्रियामा सहयोगको आह्वानसमेत गरेका छन् ।

डा.विच्छाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका लागि करिब २ महिनाभित्रै खोप अभियान सुरु गर्ने तयारी समेत सरकारको छ।

प्रकाशित : माघ १४, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?