कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंलाई ‘स्मार्ट हेरिटेज सिटी’ बनाउनुहोस् : मन्त्री श्रेष्ठ

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौंलाई ‘स्मार्ट हेरिटेज सिटी’ बनाउनुपर्ने बताएका छन् । काठमाडौं महानगरपालिकाको नगर सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले काठमाडौंको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै ‘स्मार्ट हेरिटेज सिटी’कोरुपमा विकास गर्नुपर्ने बताए ।

काठमाडौंलाई ‘स्मार्ट हेरिटेज सिटी’ बनाउनुहोस् : मन्त्री श्रेष्ठ

‘यो कल्चरल हेरिटेज सिटी हो । बजेट कार्यान्वयन गर्दा त्यसलाई पनि ध्यान दिनुहोला । त्यसकै आधारमा काठमाडौंलाई स्मार्ट सिटी बनाऔँ । स्मार्ट भन्ने बित्तिकै सम्पदाको संरक्षण हुदैन भनेर सोच्नुहुदैन, त्यो गलत हो,’ उनले भने, ‘काठमाडौंलाई हेरिटेज सिटीसँगै स्मार्ट सिटीसमेत बनाउन तपाईहरू सफल हुनुहोस्, मेरो शुभकामना छ ।’

मन्त्री श्रेष्ठले महानगरपालिकाको सेवा सुविधा प्रविधियुक्त हुनुपर्ने बताए । ‘महानगरपालिकामा भीडभाड देखिनु राम्रो होइन, अब नयाँ विज्ञान र प्रविधिमा आधारित भएर सेवा दिनुपर्ने हुन्छ,’ उनले भने ।


प्रकाशित : असार १०, २०७९ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?