कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री परिवर्तन भए सहरी विकासका नयाँ नीति शून्यबाट निर्माण गर्नुपर्छ : झाँक्री

काठमाडौँ — सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए सहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छिन् ।

मन्त्री परिवर्तन भए सहरी विकासका नयाँ नीति शून्यबाट निर्माण गर्नुपर्छ : झाँक्री

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले सहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरु मन्त्री परिवर्तन भए शून्यबाट बनाउन सुरु गर्नुपर्ने बताएका हुन् ।

मन्त्री फेरिँदा के भइरहेको कुरा जानकारी नहुने भन्दै सरकार परिर्वतन हुँदा नयाँ सहमति, योजना र नीति बनाएर शून्यबाट काम सुरु गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

‘सरकारका मन्त्री फेरिएर के भएको छ थाहा छैन । सरकार फेरियो भने नयाँ सहमति,नयाँ योजना र नयाँ नीति हुने भएकाले शून्यबाट सुरु गर्नुपर्छ । राष्ट्रिय सहरी नीति सरकार परिर्वतन भएको भएर शुन्यबाट सुरु गर्‍यौं । योभन्दा अगाडि भएका नीतिहरु शून्यबाट नै सुरु गरेका हौँ । मेरो ठाउँमा अर्को मन्त्री आयो भनेपनि त्यो शून्यबाट नै सुरु हुन्छ फेरि,’मन्त्री झाँक्रीले भनिन् ।

त्यस्तै मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताइन् । प्राधिकरणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लौजानुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । मन्त्रीले प्राधिकरणले विकासको काम राम्रो गरोस् पनि भन्ने र खारेज पनि हुनुपर्छ भन्ने दुई वटा सोच राख्न नहुने उनले बताइन् ।

प्राधिकरणले आफू स्वायत्त संस्था भएको दाबी गरेपनि सरकारको बजेटमा आश्रित संस्था स्वायत्त नहुने उनको भनाइ थियो । मन्त्री झाँक्रीले काठमाडौं उपत्यका मेयरहरुको फोरमले प्राधिकरणको खारेजको माग गर्नु राजनीतिक एजेन्डा मात्रै भएको बताए ।

प्रकाशित : असार १०, २०७९ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?