कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर कन्क्लेभ भदौ २५ र २६ गते

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर कन्क्लेभको तेस्रो संस्करण भदौ २५ र २६ गते गर्ने भएको छ । ‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा दुई दिन सञ्चालन हुने कन्क्लेभमा नेपाल, दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र युरोपका प्रबुद्ध व्यक्तिहरू वक्ताका रूपमा सहभागी हुनेछन् । 

कान्तिपुर कन्क्लेभ भदौ २५ र २६ गते

यो मञ्चमा राजनीति, भूराजनीति, अर्थतन्त्र, ऊर्जा, जलवायु परिवर्तन, साहित्य र सिनेमासम्बन्धी विषयमा सघन संवाद हुनेछ । सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’ को दोस्रो संस्करण २०२० मा भएको थियो । महामारीले स्थगन भएको तेस्रो संस्करण बृहत् र थप प्रभावकारी रूपमा हुने केएमजीले जनाएको छ ।

पछिल्ला वर्षहरूमा कोरोना भाइरस र पछिल्ला महिनाहरूमा युक्रेन युद्धले विश्व समुदायलाई प्रभावित पारिरहेको छ, विश्वको आपूर्ति शृंखला अवरुद्ध भएको छ भने जलवायु परिवर्तनका प्रतिकूल असरले नेपालजस्ता पर्वतीय देशको जनजीवनलाई नराम्र्ररी प्रभावित गरिरहेको छ । ‘यस पृष्ठभूमिमा कान्तिपुर कन्क्लेभले विभिन्न क्षेत्रका अगुवाहरूबीच छलफल गराएर चुनौतीलाई अवसरमा बदल्ने अवधारणा प्रस्तुत गर्नेछ, विगतको समीक्षा गर्दै भोलिको मार्गदर्शनमा सघाउनेछ,’ केएमजी व्यवस्थापनले भनेको छ ।

नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने उद्देश्यले कान्तिपुर कन्क्लेभ सुरु गरिएको हो । केएमजीअन्तर्गत कान्तिपुर दैनिक, काठमान्डु पोस्ट, नारी, ई–कान्तिपुर, कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुर प्रकाशन तथा प्रसारण हुँदै आएका छन् ।

प्रकाशित : श्रावण १९, २०७९ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?