कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले मतदाता नामावली स्थगित गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी २०७९ मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने मिति तोकेको छ ।

चुनावको मिति तोकिएसँगै मतदाता नामावली दर्ता स्थगित

सरकारले मिति तोकेलगत्तै निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गर्ने जनाएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यानमा राख्दै तत्कालका लागि मतदाता नामावली दर्ता स्थगित गरेको बताए ।

आयोगले जिल्ला निर्वाचन कार्यालयसहित कार्यालयहरूबाट भइरहेको मतदाता नामावली दर्ता साउन २० गतेबाट स्थगित गर्ने भएको छ ।

प्रवक्ता पौडेलले अनलाइनबाट फारम भएकाहरूको हकमा भने आवेदन दिइसकेकाहरूका लागि २१ गतेसम्म औंठाछाप लिने व्यवस्था मिलाइने बताए ।

प्रकाशित : श्रावण १९, २०७९ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?