कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिचान आन्दोलन सफल बनाउन चलचित्रको भूमिका प्रभावकारी हुनसक्छ : मन्त्री श्रेष्ठ 

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिवासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्रले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । २८ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च (निफ)ले शुक्रबार काठमाडौंमा संयुक्तरूपमा आयोजना गरेको आदिवासी चलचित्र प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै मन्त्री श्रेष्ठले उक्त धारणा राखेका हुन् । 

पहिचान आन्दोलन सफल बनाउन चलचित्रको भूमिका प्रभावकारी हुनसक्छ : मन्त्री श्रेष्ठ 

एउटा चलचित्रमा समावेश हुने विषयवस्तु, संवाद र पात्रको नामले मानिसको सोच, सामाजिक व्यबहार र ठाउँको नामसमेत परिवर्तन भएका उदाहरणहरू भेटिएको उल्लेख गर्दै उनले आदिवासी जनजातिको पहिचान, अस्तित्व र आन्दोलनलाई सशक्त बनाउन सावधानीपूर्वक चलचित्र निर्माण गर्न आदिवासी चलचित्रकर्मीहरुलाई आग्रह गरे ।

कार्यक्रमका आदिवासी जनजाति महासंघ, संघीय परिषद्‌का अध्यक्ष गेल्जे लामा शेर्पाले अबको आदिवासी आन्दोलन फरक, बहुआयमिक र अझ सशक्त हुने बताए । उनले सफल आन्दोलनको मानक सडक आन्दोलनलाई मात्रै नहुने भन्दै अब चलचित्रकर्मी, सांस्कृतिककर्मी, महिला, युवा, पत्रकार, प्राज्ञिक व्यक्ति र विभिन्न पेसा व्यवसायका व्यक्तिहरूलाई अधिकार स्थापित गराउन सक्रिय बनाउने महासंघको रणनीति रहेको बताए ।

आयोजक आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय उपाध्यक्ष अमरध्वज लामा, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्कालागयतले आदिवासी जनजाति समुदायको भाषा र विषय वस्तुमा बनेका चलचित्रको व्यावसायिकरणमा देखिएका समस्या र समाधानका विषयमा चर्चा गरेका थिए ।

नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा नेवारी, तामाङ, थामी, थारू, सुनुवार समुदायका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै गुरूङ भाषामा निर्मित सांस्कृतिक चलचित्र 'मि न्होर्वे ट' प्रदर्शन गरिएको थियो ।

प्रकाशित : श्रावण २०, २०७९ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?