कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास, घाइतेलाई काठमाडौं रिफर

सन्तोष सिंह

धनुषा — महोत्तरीको भंगहामा ज्वाइँले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन् । भंगहा नगरपालिका–१ कञ्चजनवनमा आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाइएको हो । शरीर जलेर घाइते भएका दुवै जनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ ।

महोत्तरीमा आगो लगाएर आमाछोरीको हत्या प्रयास, घाइतेलाई काठमाडौं रिफर

घरायसी विवादमा ज्वाइँले वृद्ध सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । भंगहा नगरपालिका–१ कञ्चजनवनकी ६५ वर्षीया सासु रेसमादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

शनिबार मध्यराति मट्टितेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिट्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।

सासु र श्रीमतीलाई आगो लगाएर हत्या गर्न खोज्ने शंकर सदा घटनापश्चात् फरार छन् । वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

प्रकाशित : श्रावण २२, २०७९ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?