कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावमा भाग लिन ६ दलले दिए निवेदन

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी मंसिरमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाऊँ भन्दै विभिन्न ६ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

चुनावमा भाग लिन ६ दलले दिए निवेदन

आइतबार नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली, पुनर्जागरण र जनता प्रगतिशील पार्टी दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । यसका लागि दल दर्ताको समयावधि साउन ३१ गतेसम्म छुट्याइएको छ ।

आयोगका अधिकारीहरूका अनुसार आइतबार दर्ता भएका दलहरूबारे अनुसन्धान गरी प्रक्रिया अगाडि बढाइने छ ।

प्रकाशित : श्रावण २२, २०७९ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?