कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुन्डी कारोबारमा संलग्न ३ पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ७४ लाख रुपैयाँ नगद र विभिन्न वित्तीय संस्थाका नाममा काटिएका २६ लाख ३२ हजार ७५० रुपैयाँ बराबरको ९ वटा चेकसहित हुन्डी कारोबारमा संलग्नको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत राजस्थान शिखर जिल्ला देवथला घर भई काठमाडौं बबरमहल बस्ने ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भई जोरपाटी बस्ने २० वर्षीय रामहरि दुलाल र रौतहट चन्द्रपुर नगरपालिका–४ घर भई चाबहिल बस्ने २४ वर्षीय सुदीप आचार्य छन् ।

काठमाडौं महानगर–१८ नरदेवी क्षेत्रमा गैरकानुनी रूपमा हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा सोमबार साँझ नगद र चेकसहित उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले स्रोत नखुलेको ५ सय र १ हजार रुपैयाँ दरका ७४ हजार रुपैयाँ र विभिन्न वित्तीय संस्थाका २६ लाख ३२ हजार ८५० रुपैयाँ बराबरको ९ वटा चेक बरामद गरेको उनले बताए । थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरीले उनीहरूलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?