कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले पासाङ ल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध

बलराम घिमिरे

रसुवा — मंगलबार परेको अविरल वर्षाले रसुवाको उत्तरगया गाउँपालिकामा पहिरो जाँदा पासाङ ल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध भएको छ । मंगलबार रातिको वर्षाले रसुवा खण्ड अवरुद्ध हुँदा गोसाईंकुण्ड मेलामा जाने/आउने तीर्थयात्रीहरू अलपत्र परेका छन् ।

पहिरोले पासाङ ल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध

सडक नै अवरुद्ध हुने गरी गएको पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए । पहिरोले मानवीय क्षति भने नभएको उनले जानकारी दिए ।

जनैपूर्णिमा नजिकिँदै गर्दा श्रद्धालुहरू सोही बाटो हुँदै गोसाईंकुण्ड दर्शन गर्न जाने गरेका छन् । श्रद्धालु आवतजावत गर्ने मुख्य दिन नै सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा प्रभावित भएको भन्दै सडकलाई यथाशक्य छिटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज जैशीले बताए ।

प्रकाशित : श्रावण २५, २०७९ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?