कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनाव तयारीका लागि एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनको एउटा दल नेकपा (एकीकृत समाजवादी)ले मंसिरमा हुने आमनिर्वाचनको तयारीका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकेको छ ।  

चुनाव तयारीका लागि एकीकृत समाजवादीमा जिम्मेवारी बाँडफाँट

पार्टी मुख्यालयमा बुधबार बसेको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरलाई दिएको छ । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता साउन ३१ गतेसम्मका लागि तोकेको छ ।

बुधबारको बैठकले घोषणपत्र मस्यौदा तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रयलाई दिएको छ । घोषणापत्र तयार गर्न प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेललाई जिम्मेवारी दिएको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

त्यसैगरी उम्मेदवारीको मापदण्ड र छनोट विधिबारेमा प्रस्ताव तयार पार्ने जिम्मेवारी महासचिव भुसाललाई दिइएको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?