कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भेटेरिनरी एसोसिएसनले पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ सच्याउन माग गरेको छ । एसोसिएसनले बिहीबार विज्ञप्ति जारी गर्दै स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ ल्याइएको भन्दै आपत्ति जनाएका हुन् । 

भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. सितलकाजी श्रेष्ठले उक्त विधेयक एकपक्षीय, दमनकारी एवं षड्यन्त्रपूर्ण ढंगले ल्याइएको आरोपसमेत लगाएका छन् ।

उक्त विधेयकले भेटेरिनरी डाक्टर र पशु प्राविधिकहरूलाई समान अधिकार प्रदान गर्ने औँल्याउदै एसोसिएसनले आपत्ती प्रकट गरेको हो ।

प्रकाशित : श्रावण २६, २०७९ २०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?