कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिटरब्याजी पीडितहरूसँग सरकारले थाल्यो वार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले मिटरब्याजी सुदखोरबाट पीडितहरूसँग वार्ता सुरु गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि गठन भएको कार्यदलले नवलपरासीका विभिन्न स्थानीय तहका पीडितहरूसँग सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता सुरु गरेको हो ।

मिटरब्याजी पीडितहरूसँग सरकारले थाल्यो वार्ता

शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट सह-सचिव भीष्म भुसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । संयोजक भुसालका अनुसार अहिले मिटरब्याजी पीडित संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्तासहित ७ जनाको टोलीसँग अहिले वार्ता भइरहेको छ ।

संयोजक भुसालले छिट्टै नै पीडितहरूको समस्या समाधान हुने र उनीहरूको आन्दोलन रोकिने बताए । उनले भने, 'अहिले हामीले पीडितका कुरा सुनिरहेका छौँ । सरकारले कार्यदललाई जिम्मा दिएको छ । उहाँहरूका कुरा सुनेर छिटोभन्दा छिटो समस्या समाधान गर्नेछौँ ।'

पश्चिम नवलपरासीका ७७ जना मिटरब्याजी पीडित केही दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन् । नवलपरासीमा सुदखोरहरूले डेढ लाख ऋण दिएर ३० लाखसम्म ब्याज असुलिसकेका छन् । नवलपरासी सुस्ताकी सुरसती मुसहरका श्रीमान्ले दुई छोरा विदेश पठाउन डेढ लाख लिएका थिए, छोराको कमाइबाट १२ लाख र जग्गा बेचेर १८ लाख दिइसके, तर साहुले अझै ५० लाख मागिरहेका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : श्रावण २७, २०७९ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?