कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीसँगको भेटेपछि रेखा थापाले भनिन् - 'महिला उम्मेदवारीबारे छलफल भयो'

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य रेखा थापाले केपी ओलीसँगको भेटको क्रममा समसामयिक राजनीति र आगामी चुनावमा महिलालाई उम्मेदवार बनाउने सवालमा कुराकानी भएको बताएकी छन् । गत बुधबार थापा र राप्रपाकी महामन्त्री कुन्ती शाहीले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए ।

ओलीसँगको भेटेपछि रेखा थापाले भनिन् - 'महिला उम्मेदवारीबारे छलफल भयो'

यस क्रममा नेत्री थापाले आफू परिपक्व भइसकेको र राजनीतिमा सक्रिय रहेको बताएकी छन् । एमाले अध्यक्ष ओलीसँगको भेटबारे उठेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

हरेक दलहरूले महिलालाई कोटामै सीमित गरिरहेको सन्दर्भ निकाल्दै उनले एमालेका अध्यक्ष ओलीसँग पनि महिलालाई प्रत्यक्षतर्फ उठाउने कि भन्ने बारे छलफल गरेको बताइन् । थापाले भनेकी छन्, 'यो पटकको चुनावमा महिलालाई प्रतक्षतर्फ उठाउने कि भन्ने सवालमा उहाँसँग छलफल भएको हो । महिलाहरूलाई त्यसरी उठाउँदा उनीहरू सक्षम हुन्छन् ।'

अभिनेत्रीसमेत रहेकी थापा यसअघि माओवादी केन्द्रमा आवद्ध थिइन् । माओवादी केन्द्र परित्याग गर्दै उनी राप्रपाको एकता महाधिवेशनअघि राप्रपामा प्रवेश गरेकी हुन् । साथै उनी महामन्त्री पदमा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

एमाले अध्यक्ष ओलीसँगको भेटबारे राप्रपाकी महामन्त्री कुन्ती शाहीले पनि राजनीति र समकालीन परिस्थितिबारे छलफल भएको बताइन् । तर कुनै खास एजेन्डामा भेट्न नगएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २७, २०७९ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?