कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

उनका अनुसार बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिहरुको भेलाको विषयमा छलफल हुनेछ ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?