कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोर्खाल्यान्डका अगुवा

पर्वत पोर्तेल

भारत पश्चिम बंगालको नेपालीभाषी बाहुल्य दार्जिलिङमा अलग राज्य गोर्खाल्यान्ड आन्दोलन हाँक्ने अगुवा नेता सुवास घिसिङले बिहीबार साँझ अन्तिम सास फेरे। उनको निधनसँंगै गोर्खाल्यान्ड आन्दोलनको एउटा अध्याय समाप्त भएको छ।

गोर्खाल्यान्डका अगुवा
नयाँदिल्लीको गंगाराम अस्पतालमा उपचाररत ७८ वर्षीय घिसिङ घाँटीको क्यान्सर र कलेजोसम्बन्धी रोगले पीडित थिए। दार्जिलिङ गोर्खा पार्वत्य परिषदका पूर्व 'सुपि्रमो' तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा -गोरामुमो) का अध्यक्ष
घिसिङ केही समययता राजनीतिमा निस्त्रिmय थिए। 'विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाको उदयसँंगै उनको राजनीतिक जीवन धराशायी बनेको थियो।
२२ जून १९३६ मा दार्जिलिङको मन्जु चिया कमानमा घिसिङको जन्म भएको थियो। दार्जिलिङकै सेन्ट रोवोट हाइस्कुलमा ९ कक्षामा पढ्दै गर्दा बाबुको मृत्यु भएपछि पढाइ छाडेर १९५४ मा उनी सेनामा भर्ती भए। सैनिक जीवनमै उनले पुनः पढाइ सुरु गरे। सन् १९५९ मा माध्यमिक सके। १९६० मा सैनिक जीवनबाट विदा लिएर दार्जिलिङ फर्किएका घिसिङले खरसाङ तीनधारेको बंगाल पाठशालामा एक वर्ष शिक्षणको अनुभव पनि लिए। १९६१ मा कालिम्पोङको जुनियर बीटी कलेजमा पुनः भर्ना भए। तर कलेजका पि्रन्सिपलसंँगको वादविवादपछि कलेज छाडे। पछि १९६३ मा दार्जिलिङकै पि्रयुनिभर्सिटीबाट मानविकीमा डिग्री हासिल गरे।
कलेज जीवनमै दार्जिलिङमा भएको एउटा राजनीतिक कार्यक्रममा सहभागी बन्ने क्रममा प्रहरीद्वारा उनी समातिए। यहींबाट उनको जीवनले कोल्टे फेर्‍यो। खासगरी दार्जिलिङमा असल राजनीतिक नेतृत्वको खडेरी परिरहेका बेला उनी एकाएक उदाएका थिए। राजनीतिमा होमिएपछि घिसिङले १९६८ ताका दार्जिलिङका नेपालीभाषीले व्यहोर्नुपरेका विभिन्न मुद्दा सतहमा ल्याइदिए। 'उनले उठाएको एउटा मुद्दा जातीय पहिचानसँंग जोडिएको थियो', गोर्खा जनमुक्ति मोर्चा, स्टडी फोरमका पूर्वसदस्य तथा राजनीतिक विश्लेषक पी अर्जुन सम्झन्छन्, 'त्यही पहिचानको मुद्दा कालान्तरमा गोर्खाल्यान्डको रूपमा अस्तित्वमा आयो।'
२२ अपि्रल १९७१ मा दार्जिलिङमा बसोबास गर्ने नेपालीभाषीका निम्ति पृथक् राज्य गोर्खाल्यान्डको मुद्दा मुखरित भयो। त्यसका प्रणेता उनै थिए। त्यस अघि पनि यो मुद्दा नउठेको त हैन। तर घिसिङले जस्तो सशक्त रूपमा उठाउने साहस त्यसबेलासम्म कसैले गरेका थिएनन्। उनले अलग राज्य प्राप्तिकै लागि गोर्खा राष्ट्रिय मुक्ति मोर्चा -गोरामुमो) पार्टी गठन गरे।
पृथक् राज्यको माग
घिसिङ नेतृत्वको मोर्चाले उठाएको 'पृथक् प्रशासनिक पहिचान'को मागले नयाँदिल्लीमा संसद नै हल्लाएको थियो। त्यो माग असफल भएपछि उनले 'पृथक् राज्य गोर्खाल्यान्ड'को दाबी अघि सारे। उनको यो दाबीले प्रशस्त जनसमर्थन पायो। तर सरकारले उनको मागलाई पटक-पटक बेवास्ता मात्रै गरेन, आन्दोलन दबाउन राज्य सरकारले विभिन्न हत्कण्डा अपनायो। यद्यपि अलग राज्यको माग रोकिएन। बरु सशक्त बनेर आयो। सन् ८० को दशकमा करिब दुई वर्षसम्म चलेको पृथक् राज्यको गोर्खाल्यान्ड आन्दोलन रक्तपातपूर्ण बन्दा एक हजार दुई सयभन्दा बढीले ज्यान गुमाए।
'सयौं मान्छे मारिंँदा पनि सरकार टसमस नभएपछि अन्ततः घिसिङ हात उठाउन बाध्य भए', विश्लेषक अर्जुन थप्छन्, 'सम्झौताका लागि उनलाई बाध्य पारियो।' करिब २८ महिना लामो आन्दोलनपछि २२ अगष्ट १९८८ मा केन्द्र, राज्य सरकार र मोर्चाबीच सम्झौता भयो। गोर्खाल्यान्डको मागलाई घिसिङले औपचारिक रूपमा तिलाञ्जली दिए र अगष्टमा बंगाल भित्रकै प्रशासनिक इकाइ दार्जिलिङ गोर्खा पार्वत्य परिषद -दागोपाप) गठन गरे। 'गोर्खाल्यान्ड मुद्दामा उनले पहिलोपटक सरकारलाई झुक्न बाध्य पारेका थिए', गोरामुमोका प्रवक्ता मानजित सुब्बा सम्झन्छन्, 'घिसिङको राजनीतिक खुबी नै यही थियो।' दागोपापको निर्वाचनमा तीन पटकसम्म विजयी बनेका घिसिङले करिब २० वर्ष दार्जिलिङमा एकछत्र राज गरे। वाम मोर्चाका नेता अशोक भट्टाचार्य घिसिङलाई दूरदर्शी नेताको रूपमा चित्रण गर्छन्। 'घिसिङ गोर्खाल्यान्ड नहुने कुरामा ढुक्क थिए', भट्टाचार्य भन्छन्, 'त्यसैले बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको आग्रहमा दागोपाप बनाउन सम्झौता गरे।'

घिसिङ राजको अन्त्य

सन् २००४ मा दागोपापको निर्वाचनको तयारी भइरहेका बेला राज्य सरकारले चुनाव स्थगित गरी 'छैटाैं अनुसूची परिषद' स्थापना नभएसम्मका लागि घिसिङलाई पार्वत्य परिषदको 'केयर टेकर' बनाइदियो। उनले यो अवधिलाई छैटौं अनुसूचीको वकालतमा भरपुर खर्चिए। दार्जिलिङ आदिवासीको थातथलो रहेको घिसिङको दाबी थियो। दार्जिलिङका अन्य दलहरूले घिसिङको छैटौं अनुसूचीको अभियानको तीव्र विरोध गरिरहेका थिए। छैटांै अनुसूचीले समग्र गोर्खाको हित नहुने र गोर्खाल्यान्डको विकल्प खोज्न नहुने विपक्षी दलहरूको दाबी थियो। यद्यपि उनले संसदबाट यो विधेयक पारित गराएरै छाडे। यही गल्ती उनको राजनीतिक समाप्तिको कारक बन्यो।
यही विवादबीच घिसिङका 'दाहिने हात' मानिने विमल गुरुङ पार्टीबाट अलग्गिए। सन् २००७ मा टेलिभिजन रियालिटी शो 'इन्डियन आइडल'को मुकुट पहिरिने दौडमा संघर्षरत थिए, दार्जिलिङे युवा प्रशान्त तामाङ। प्रशान्तलाई जिताउन सिंगो दार्जिलिङ ओइरिएका बेला घिसिङ भने प्रायः चुपचाप थिए। घिसिङ मौनताको फाइदा उठाउँदै उनीबाटै सम्बन्धविच्छेद गरेका विमलचाहिँ प्रशान्त जिताउने अभियानमा सक्रिय बने। 'जनसमर्थन विमलको पक्षमा ओइरियो', दागोपापका तत्कालीन प्रशासक तेन्जिङ खाम्पाचे सम्झन्छन्,' त्यही मौकालाई विमलले 'क्यास' गरिदिए।' यहींबाट घिसिङको राजनीतिक जीवन ओरालो लागेको सम्झन्छन्, खाम्पाचे।
सुरुमा 'प्रशान्त फ्यान क्लब'बाट जनसमर्थन बटुलेका विमलले सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चा नामको नयाँ पार्टी जन्माए। त्यसपछि विमल घिसिङ विरोधी अभियानमा खुलेरै लागे। केही समयको अन्तरालपछि घिसिङ दार्जिलिङबाट विस्थापित हुन बाध्य पारिए। २००८ मा घिसिङ दागोपापको प्रमुखबाट राजीनामा गर्न बाध्य भए। दार्जिलिङबाट जलपाइगुडी डेरा सरे। यही समयमा पत्नी धनमायाको वियोग सहनुपर्‍यो। कुनै बेला घिसिङका निकट सहयोगी बनेर काम गरेकी शान्ता क्षत्री जमुमोको उदय अघि नै घिसिङले सांघातिक आक्रमण व्यहोर्नुपरेको बताउँछिन्। २००१ मा खर्साङ नजिकको पंखाबारीमा घिसिङमाथि सांघातिक आक्रमण भएको थियो। 'उहाँ भाग्यले बाँच्नुभएको थियो', क्षत्री सम्भिmन्छिन्। घिसिङ आक्रमण घटनामा छत्रे सुब्बा लगायतका नेता पक्राउ परेका थिए।
घिसिङको निकट रहेर काम गरेका प्राध्यापक महेन्द्र पी लामा भारतीय गोर्खाको चिनारी गराउन र जातीय अस्तित्व रक्षाको आन्दोलनमा घिसिङको योगदानको तुलना गर्न नसकिने बताउँछन्। 'भारतभरका गोर्खा एकत्रित गर्ने जस घिसिङलाई नै जान्छ', लामा भन्छन्। घिसिङमा विगत केही वर्षदेखि राजनीतिक शिथिलता स्वाभाविक भएको बताउँदै थप्छन्, 'त्यसको मूल कारण उनीमाथिको सांघातिक आक्रमण नै हो।' दागोपापको गठनपछि घिसिङ निकट भएर दार्जिलिङको समग्र विकासको खाका कोर्न लागेका लामा घिसिङलाई विकासप्रेमी नेताको रूपमा चित्रण गर्छन्।
१८ अपि्रल २०११ मा पश्चिम बंगाल विधानसभा निर्वाचनताका राजनीतिमा थोरै सक्रियता देखाएका घिसिङ पार्टीको लज्जास्पद हारसंँगै निराश बनेका थिए। पछिल्लो पटक १४ आंै लोकसभा निर्वाचनका बेला उनी दार्दिलिङ उक्लिएका थिए। उनको पार्टीले ममता वनर्जी नेतृत्वको त्रिणमूल कंग्रेसका उम्मेदवार भाइचुङ भुटियालाई सहयोग गर्‍यो। तर भुटिया नराम्ररी पराजित भएपछि पुनः फर्किए। 'त्यसपछि उहाँले अब नसकिने रहेछ भन्दै हैरानी व्यक्त गर्नुभएको थियो', प्रवक्ता सुब्बा भन्छन्, 'उहाँ ज्यादै निराश हुनुभएको थियो।'

साहित्यमा 'सुवास’
सुवास घिसिङ राजनीतिसँंगै साहित्यमा पनि परिचित थिए। साहित्यमा उनी 'सुवास' उपनामले चिनिन्थे। नीलो चोली, मने, आखिरी रात लगायत उनका उपन्यास चर्चित छन्। कुनै बेला घिसिङले रचना गरेको 'विन्दुले टिका के टिका माटोको टिको पो टिका' भन्न छोटो भनाइ दार्जिलिङ्गेका लागि महानवाणीजस्तै थियो। तिनताका यो भनाइ सबैको मुखमा झुन्डिएको थियो। 'उहाँ राजनीतिमा जति सक्रिय हुनुहुन्थ्यो, साहित्यमा पनि कम हुनुहुन्थेन', दार्जिलिङका पत्रकार विमल राई भन्छन्, 'उहाँका साहित्यमा माटोको सुगन्ध भेटिन्थ्यो।'

प्रकाशित : माघ १७, २०७१ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?