कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

विश्वकप क्रिकेट आजबाट सुरु

न्युजिल्यान्डको शानदार जित
कान्तिपुर संवाददाता

काठमाडौ — विश्वकप क्रिकेट टुर्नामेन्ट आजबाट सुरु भएको छ । यसवर्ष विश्वकपको आयोजना अस्ट्रेलिया र न्यूजिल्यान्डले गरेको छ । विश्वकपमा भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड,दक्षिण अफि्रका, इंग्लैंड र अफगानिस्तान सहित १४ देशको टिम सहभागी छ ।

विश्वकप क्रिकेट आजबाट सुरु

न्युजिल्यान्डको शानदार जित
क्राइस्टचर्च (एजेन्सी)—पहिलो दिनको खेलमा न्युजिल्यान्डले घरेलु मैदानमा श्रीलंकालाई ९८ रनको फराकिलो अन्तरले हराएर शनिबार विश्वकप क्रिकेटमा शानदार सुरुआत गरेको छ ।
सह आयोजक न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ३१ रनको स्कोर बनाएको थियो । जितको लागि ठूलो स्कोर पछ्याएको श्रीलंकालाई २ सय ३३ रनमा अलआउट गर्दै न्युजिल्यान्डले उत्कृष्ट सुरुआत गरेको हो ।

इङल्यान्डलाई ३ सय ४३ रनको चुनौती
मेलबर्न (एजेन्सी)–आरोन फिन्चको शतकको सहयोगमा अस्ट्रेलियाले विश्वकप क्रिकेट शनिबार इङल्यान्डसामु जितका निम्ति ३ सय ४३ रनको चुनौती पस्किएको छ ।
टस जितेर फिल्डिङ रोजेको इङल्यान्डले बलिङमार्फत् घरेलु टिम अस्ट्रेलियालाई दबाबमा राख्न सकेन । विश्वकपको सह–आयोजक अस्ट्रेलियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३ सय ४२ रनको स्कोर बनायो । यस्तोमा इङ्ल्यान्डका बलर स्टेभेन फिनले अन्तिम तीन बलमा विकेट लिदै ह्याट्रिक गरेका थिए ।


यस्ता छन् सहभागी टिमहरू
अफगानिस्तान
-    विश्वकपमा पहिलो सहभागिता
-    ब्याट्सम्यान उसमान घानी १८ वर्षका मात्र छन्। उनी यस विश्वकपमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।
-    अफगानिस्तानले आईसीसीको ३ पूर्ण सदस्य राष्ट्रमाथि एकदिवसीय अन्तर्राष्ट्रियमा जित हात पारिसकेको छ।
-    विश्वकपमा पहिलो सहभागिता
अस्ट्रेलिया
-    सबैभन्दा बढी चार पटक विश्वकप जितेको छ।
-    विश्वकपका ७६ खेलमा अस्ट्रेलियाले ५५ मा विजय हात पारेको छ। टिमको विजय प्रतिशत ७४ छ।
-    सन् १९९९ देखि २०११ को विश्वकपमा गरी अस्ट्रेलिया ३४ खेलमा अपराजित थियो।
बंगलादेश
-    सन् १९९९ मा टिमले विश्वकपमा पहिलो सहभागिता जनाएको थियो।
-    टिमका सात खेलाडी देब्रे हाते ब्याट्सम्यान छन्, जुन यस विश्वकपमा सबैभन्दा बढी हो।
इंग्ल्यान्ड
-    विश्वकपमा तीन फाइनल -१९७९, १९८७, १९९२) हार्ने इंग्ल्यान्ड एक्लो राष्ट्र हो।
-    २०११ मा भारतविरुद्ध टिमले बनाएको ३३३-८ को स्कोर विश्वकपमा दोस्रो इनिङ्समा बनाइएको उच्च स्कोर हो, त्यसका बावजुद खेल 'टाइ' भएको थियो।
-    भिक मार्कसले ३९ रन खर्चेर ५ विकेट लिएको प्रदर्शन विश्वकपमा इंग्ल्यान्डका बलरको उत्कृष्ट हो, जबकि उनलाई टेस्ट विशेषज्ञ बलर भनिन्थ्यो।
न्युजिल्यान्ड
-    विश्वकपमा ६ पटक सेमिफाइनल पुगे पनि टिम कहिल्यै फाइनलमा पुग्न सकेको छैन।
-    कप्तान ब्रेन्डन म्याकलमले २००७ मा क्यानडाविरुद्ध २० बलमा बनाएको अर्धशतक विश्वकपको सबैभन्दा छिटो अर्धशतक हो।
स्कटल्यान्ड
-    स्कटल्यान्ड विश्वकपमा तीन पटक छनोट भइसकेको छ।
-    विश्वकपका यसअघिका ८ खेलमा स्कटल्यान्डले सबै हारेको छ।
-    गेभिन ह्यामिल्टनले सन् १९९९ को विश्वकपमा २ सय १७ रन बनाएका थिए।
श्रीलंका
-    सन् १९९६ मा सहआयोजक रहेको श्रीलंकाले विश्वकप जितेको थियो।
-    २००३ मा श्रीलंकाले क्यानडालाई ३६ रनमा अलआउट गरेको थियो, जुन विश्वकपको न्यून स्कोर हो।
-    लासिथ मालिङ्गाले सन् २००७ को विश्वकपमा लगातार ४ बलमा विकेट लिएका थिए।
भारत
-    भारतले १९८३ र २०११ मा गरी दुई पटक विश्वकप जितेको छ।
-    सन् १९९२ देखि २०११ विश्वकप खेल्ने क्रममा भारतका सचिन तेन्दुलकरले प्रतियोगितामा सबैभन्दा बढी २ हजार २ सय ७८ रन बनाए।
-    भारतले २००७ मा बर्मुडाविरुद्ध बनाएको ४ सय १३ रन विश्वकपको उच्च स्कोर हो।
आयरल्यान्ड
-    इंग्ल्यान्डविरुद्ध सन् २०११ मा आयरल्यान्डले ३ सय २९ रनको लक्ष्य पछ्याएर विश्वकपमा सबैभन्दा बढी रन पछ्याउने टिम बनेको थियो।
-    सोही खेलमा केभिन ओ ब्राइनले ५० बलमा बनाएको शतक विश्वकपमा बनाएको सबैभन्दा छिटो शतक हो।
-    आयरल्यान्डका इड जोयस विश्वकप फरक दुई राष्ट्रबाट खेल्ने चार खेलाडीमध्येका हुन्। जोयसले सन् २००७ को विश्वकप इंग्ल्यान्डबाट खेलेका थिए।
पाकिस्तान
-    इमरान खानको कप्तानीमा पाकिस्तानले १९९२ को विश्वकप जितेको थियो।
-    विश्वकपमा साहिद अफ्रिदीको यो पाँचौं सहभागिता हो। उनले ३ सय ८९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउने क्रममा ३ सय ४२ छक्का प्रहार गरिसकेका छन्।
-    ह्यारिस सोहेल यस विश्वकपमा पाकिस्तानका एक्ला देब्रे हाते ब्याट्सम्यान हुन्।
दक्षिण अफ्रिका
-    सन् १९९२, १९९९ र २००७ मा गरी दक्षिण अपि|mका विश्वकपको ३ सेमिफाइनलमा पराजित भइसकेको छ।
-    एबी डे भिल्लर्सले जनवरीमा मात्र ३१ बलमै एकदिवसीय अन्तर्राष्ट्रियको छिटो शतक हानेका थिए।
-    डेल स्टेयनले ९७ माइल प्रतिघन्टाको स्पिडमा बलिङ गरेका थिए। कुल मिलाएर यो १० औं स्पिड बलिङमा पर्छ।
यूएई
-    सन् १९९६ मा यसअघि विश्वकपमा एक पटक मात्र सहभागिता जनाउँदा टिमले नेदरल्यान्ड्समाथि विजय हात पारे पनि दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड र इंग्ल्यान्डसँग पराजित भएको थियो।
-    कप्तान मोहम्मद ताउकिर र उपकप्तान खुरम खान दुवै ४३ वर्षका हुन्। उनीहरू यस विश्वकपका सबैभन्दा पाका खेलाडी हुन्।
-    यूएईले एकदिवसीय अन्तर्राष्ट्रियमा टेस्ट मान्यताप्राप्त टिमलाई अझै पराजित गर्न सकेको छैन।
वेस्ट-इन्डिज
-    विश्वकपको पहिलो दुई संस्करण सन् १९७५ र १९७९ मा विजेता बनेको वेस्ट-इन्डिज १९८३ को फाइनलमा भारतसँग पराजित भएको थियो।
-    केमार रोचले सन् २०११ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध ३७ रन खर्चेर ६ विकेट लिनेक्रममा ह्याटि्रक गरेका थिए।
-    २१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेपछि नै जेसन होल्डरलाई कप्तानीमा चुनिएको थियो।
जिम्बावे
-    सन् १९९९ मा पाँचौं हुनु विश्वकपमा जिम्बावेको उत्कृष्ट प्रदर्शन हो।
-    विश्वकपमा जिम्बावे सबैभन्दा बढी पराजित हुने टिम हो। ३७ खेलमा टिम पराजित भइसकेको छ।- बीबीसी

 

प्रकाशित : फाल्गुन २, २०७१ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?