कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मध्य पहाडमा वन बढ्यो

काठमाडौ — पछिल्लो सर्वेक्षणले मध्यपहाडी जिल्लामा वन क्षेत्र बढेको देखाएको छ। सन् २०१० देखि २०१४ सम्म देशभर वन अनुसन्धान तथा सर्वेक्षण विभागद्वारा सञ्चालित 'वन सर्वेक्षण परियोजना'का अनुसार मध्यपहाडका ५५ मध्ये ४३ जिल्लामा वन क्षेत्र बढेको छ।

पछिल्लो सर्वेक्षणले मध्यपहाडी जिल्लामा वन क्षेत्र बढेको देखाएको छ। सन् २०१० देखि २०१४ सम्म देशभर वन अनुसन्धान तथा सर्वेक्षण विभागद्वारा सञ्चालित वन सर्वेक्षण परियोजनाका अनुसार मध्यपहाडका ५५ मध्ये ४३ जिल्लामा वन क्षेत्र बढेको छ। १२ जिल्लामा भने घटेको छ।
सन् १९९५ देखि २०१० को अवधिमा मध्यपहाडी जिल्लामा तीन लाख १६ हजार चार सय ४८ हेक्टर वन क्षेत्र बढेको सर्वेक्षणबाट पाइएको हो। १५ वर्षको बीचमा मध्यपहाडी क्षेत्रमा वाषिर्क १.०१ प्रतिशतले वन बढेको छ, वन मन्त्रालयका प्रवक्ता तथा सर्वेक्षण मूल्यांकन समितिका अध्यक्ष कृष्णप्रसाद आचार्यले मंगलबार कान्तिपुरसित भने, छिटै प्रतिवेदन सार्वजनिक हुनेछ।
तराई र चुरेका जिल्लाहरूको सर्वेक्षण परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ। जसअनुसार तराईमा ३२ हजार हेक्टर -०.४० प्रतिशतले) वन क्षेत्र घटेको पाइएको थियो भने चुरेका जिल्लामा ३८ हजार ५१ हेक्टर -०.१८ प्रतिशतले) घटेको देखाएको थियो। उच्चहिमाली जिल्लाका वन क्षेत्रको परिणाम परियोजनाले केहीपछि सार्वजनिक गर्ने जनाएको छ।
मध्यपहाडको कुल क्षेत्रफल ४३ लाख नौ हजार तीन सय ९६ हेक्टरमध्ये २२ लाख पाँच हजार तीन सय ८० हेक्टर -५२.३० प्रतिशत) वन क्षेत्रले ढाकेको पाइएको छ। मध्यपहाडी क्षेत्रमा अन्य काष्ठ तथा बुटयान क्षेत्रले ६ लाख दुई हजार दुई सय ८७ हेक्टर -१.४५ प्रतिशत) र अन्य क्षेत्रले १९ लाख ९३ हजार तीन सय दुई हेक्टर -४६.२५ प्रतिशत) ओगटेको छ।

प्रकाशित : माघ ११, २०७१ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?