कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिक वनका अध्यक्ष निलम्बित

दाङ — वन फँडानीमा संलग्न रहेको आरोपमा पश्चिम दाङस्थित कौशिल्यापुर इलाका सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष मोहलाल थापालाई

जिल्ला वन महासंघले निलम्बन गरेको छ ।
महासंघको आइतबार घोराहीमा सम्पन्न पााचौं पूर्ण बैठकले अदालतबाट मुद्दाको अन्तिम फैसला नभएसम्मका लागि थापालाई निलम्बन गर्ने निर्णय गरेको हो । चैत १७ गते पञ्चकुलेस्थित झारगजेरी सामुदायिक वन क्षेत्रमा रूख काटिएको र त्यस घटनामा थापा संलग्न रहेको आरोप लागेको छ ।
बैठकले वन डढेलो नियन्त्रणका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाको वन क्षेत्रमा डढेलो लाग्नै नदिन र लागिहाले छिटो नियन्त्रणमा लिन समूह स्तरमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो । त्यसका लागि सेक्टर, इलाका र समूहस्तरका अग्नि नियन्त्रण सञ्जालहरूलाई क्रियाशील बनाउने, उनीहरूको थप क्षमता विकास गर्ने र सचेतनामूलक अभियान सञ्चालन गर्ने निर्णय महासंघका जिल्ला सचिव एंव प्रवक्ता हेमराज शर्माले जानकारी दिएका छन् ।
डढेलो नियन्त्रणका लागि वन समूह, जिल्ला वन कार्यालय, विभिन्न परियोजनाको सहयोगमा सचेतनामूलक कार्यक्रमका साथै नियन्त्रणका लागि प्रयोग गरिने सामग्री वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : वैशाख १, २०७२ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?