कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हलिउडमा पनि लैंगिक विभेद’

कान्तिपुर संवाददाता

काठमाडौं — नायिका एम्मा वाटसन उमेरमा कलिलै भए पनि सोचमा परिपक्व लाग्छिन् । कुरा चपाएर बोल्दिनन् उनी । जस्तो, हालैका दिन उनले प्वाक्क बोलिन्– लैंगिक विभेद कुनै एसियाली/अफ्रिकी मुलुकमा मात्र छैन, अमेरिकामै छ, अझ हलिउडमा पनि । ‘मैले हलिउडमा पनि लैंगिक विभेद भोगेकी छु,’ उनले भनेकी छन् र त्यसको आधार भने तथ्यांक रहेको बताएकी छन्, ‘आजसम्म मैले १७ पटक पुरुष निर्देशकबाट काम गर्दा केवल दुई महिला निर्देशकसँग गरें । निर्माताको हकमा पनि १३ पुरुष निर्माताको फिल्म गर्दा केवल एकजना मात्रै निर्मात्रीसँग काम गरें ।’

‘हलिउडमा पनि लैंगिक विभेद’

नायिका एम्मा वाटसन उमेरमा कलिलै भए पनि सोचमा परिपक्व लाग्छिन् । कुरा चपाएर बोल्दिनन् उनी । जस्तो, हालैका दिन उनले प्वाक्क बोलिन्– लैंगिक विभेद कुनै एसियाली/अफ्रिकी मुलुकमा मात्र छैन, अमेरिकामै छ, अझ हलिउडमा पनि । ‘मैले हलिउडमा पनि लैंगिक विभेद भोगेकी छु,’ उनले भनेकी छन् र त्यसको आधार भने तथ्यांक रहेको बताएकी छन्, ‘आजसम्म मैले १७ पटक पुरुष निर्देशकबाट काम गर्दा केवल दुई महिला निर्देशकसँग गरें । निर्माताको हकमा पनि १३ पुरुष निर्माताको फिल्म गर्दा केवल एकजना मात्रै निर्मात्रीसँग काम गरें ।’

उनले यही आधारलाई टेकेर हलिउडमा लिंगका आधारमा अझै पनि विभेद रहेकाले महिला खुलेर आउन नसकेको बताएकी हुन् । ‘हलिउडमा क्रियाशील महिला र पुरुषको संख्याले नै विभेद देखाउँछ,’ उनले थपिन् । २५ वर्षे नायिकाले आफ्ना कयौँ महिला साथीहरू यस्तै विभेदपूर्ण नीतिका कारण छिट्टै हलिउडबाट पलायन भए पनि आफू समानताको वकालत गर्दै अहिलेसम्म टिकेकामा आफैँलाई खुसी लागेकी उल्लेख गरेकी छन् ।

प्रकाशित : आश्विन २६, २०७२ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?