चालकलाई टाइमकार्ड

गुल्मी — सदरमुकामबाट छोटो दूरीमा जिल्लाभित्र सञ्चालन हुने सवारी चालकहरूलाई जिम्मेवारी गराई दुर्घटना न्यूनीकरण गर्न टाइमकार्ड सुरु गरिएको छ ।

तोकिएको समयमा नछुट्ने र ढिला छुटेपछि तोकिएको समयमा गन्तव्य पुर्‍याउन तीव्र गतिमा चलाउने गर्दा दुर्घटना बढेको गुनासो बढेपछि स्थानीय प्रशासनको पहलमा टाइमकार्ड लागू गरेको हो । जिल्लामा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सुरु गरिएको यो पहिलो प्रयास हो । जिल्लामा जिप तोकिएको समयमा नछुट्ने र बसले बाटामा पछाडि अर्को बस नआउँदासम्म यात्रु कुर्ने र पछि तीव्र गतिमा हाँक्ने प्रवृत्ति छ । 

टाइमकार्डमा सवारी छुटेको समय, रोकिने सडकका स्थान र अन्तिम गन्तव्यको दूरीका लागि समय निर्धारण गरिएको हुन्छ । पहिलो चरणमा तम्घासदेखि रिडीसम्मको ४५ किलोमिटर दूरीको पक्की सडकमा यो व्यवस्था गरिएको र बिस्तारै जिल्लाभर लागू गरिने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । टाइमकार्डको संयोजन र कार्यान्वयन जिल्ला ट्राफिक कार्यालयले गर्ने छ ।

प्रकाशित : पुस १६, २०७२ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?