कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्यानपावरका निर्देशकलाई ओमनको राजदूत सिफारिस

काठमाडौं — दोहा— सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको आपूर्ति गर्ने कार्यमा आबद्ध व्यक्तिलाई ओमनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ ।

म्यानपावरका निर्देशकलाई ओमनको राजदूत सिफारिस



दुबईलाई बेस बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील सर्मिला पराजुलीलाई प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमनको राजदूतमा सिफारिस गरेको हो । उपप्रधान तथा 
भौतिक योजनामन्त्री विजयकुमार गच्छेदारको पार्टी मधेसी जनधिकार फोरम लोकतान्त्रिकको कोटामा उनी परेकी हुन् ।
सन् २०१४ सेप्टेम्बरदेखि ओमनमा नेपाली दूतावास खुलेको थियो । संसदीय सुनुुवाइ समितिले सिफारिसलाई स्वीकृत गरेमा उनी ओमनको लागि नेपाली पहिलो राजदूत हुनेछिन् । बिराटनगरमा जन्मे हुर्केर चन्द्रगढी झापामा हुर्केकी ३६ वर्षीय पराजुली हाल ‘वेद र बाइबलमा महिला सुरक्षासम्बन्धी’ विषयमा 
पीएचडी गर्दै छिन् । उनले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी हुन् । 
उनको परिवारै म्यानपावरको क्षेत्रमा क्रियाशील छन् । दुबई रहेको ‘बीएसडी हुयुमन रिसोस् सोलुसन’, ‘रोयल डाइमण्ड रिक्रुटमेन्ट, एलएलसी’, र नेपालमा रहेको म्यानपावर फ्रोल्रिडा ह्युमन रिसोस् सोलुसनका निर्देशक भएको बंगलादेशमा रहेको ग्रिन ल्यान्ड ओभरसिज/ट्ेरनिङ सेन्टरको वेवसाइटमा उल्लेख छ । पराजुली त्यस ओभरसिजका ‘ओभरसिज डाइरेक्टर’ हुन् । 
बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिने काम गर्छ । ‘१० वर्षभन्दा बढीदेखि मानव संसाधन आउटसोर्सिङ (सप्लाई) गर्ने कार्यमा उच्च अनुभव छ,’ बीएसडीको वेभसाइटमा उल्लेख छ, ‘कामदारको सप्लाई लाइनको अन्त्यसम्म गएर काम गर्नुको साथै सही कामदारको आपूर्ति तथा छनोट गर्नेछौं ।’ 
रोयल डाइमन्ड कम्पनीले युएई तथा खाडी क्षेत्रका कम्पनीको मागअनुसार कामदार आपूर्ति गर्ने गर्छ । यसले कम्पनीमा गएर मागपत्र खोज्ने र नेपालसहित स्रोत देशमा पुगेर कामदार खोजेर दिने काम गर्ने रोयलको वेबइसाइटमा उल्लेख छ । ‘दुबई बेस यो कम्पनी कामदार आपूर्तिको क्षेत्रमा अग्रणीमा पर्छ । हामी 
उड्डयन, इन्जिनियरिङ, स्वास्थ्य सेवा, हस्पिट्यालिटी, कार्यालय सहायक, सुरक्षा गार्ड तथा व्यवस्थापन सहजीकरणको लागि कामदार आपूर्ति गर्छौं,’ रोयलको वेभसाइटमा उल्लेख छ, ‘निजी, सार्वजनिक, अर्धसरकारी र सरकारी क्षेत्रमा कामदार आपूर्ति गरिहेको छ । कामदार आपूर्ति गर्ने कार्यमा दैनिकजसो बढिरहेको छ ।’ 
पराजुलीको बंगलादेशमा रहेको ग्रिन ल्यान्ड ओभरसिजले कामदारको पठाउने काम गर्छ । उनी र उनका श्रीमान् विष्णु ढकाल युएईमा बसेर काम गर्छन् भने जेठाजृु कमल ढकाल काठमाडौं बसेर फ्लोरिडा म्यानपावरको काम हेर्छन् । 
नेपाल बिजनेस काउन्सिल युएईको उपाध्यक्षसमेत रहेकी पराजुली युएई आउनुअघि उनी मलेसियामा कार्यरत थिइन् । उनी आफूलाई ‘प्रभावशाली, ऊर्जावान, बहुमुखी, दूरदर्शी युवा उद्यमी व्यवसायी तथा सामाजिक कार्यकर्ता’ रहेको दाबी गर्छिन् । 
उनले आफू म्यानपावरसँग सम्बन्धित कम्पनीमा आबद्ध नरहेको भन्दै ‘ग्रिन लाइनको बेवसाइट अपडेट नभएको’ बताइन् । ‘ग्रिन ल्यान्ड ट्ेरनिङ सेन्टरको मात्रै निर्देशक हो । रोयल डाइमन्ड, बीएसडी र फ्लोरिडा म्यानपावरमा म छैन । मेरो परिवारिक बिजनेस हो,’ उनले कान्तिपुरलाई भने, ‘काठमाडौंमा डिस् काउन्ट कार्डबाट बिजनेस सुरु गरेको हो । अहिले मेरो शैक्षिक, हाइड्रोपावर र ट्राभलको क्षेत्रमा लगानी छ ।’
आफू १७ वर्षको उमेरदेखि पढाइ र बिजनेसलाई सँगै लिएर जान सकेकाले छोटो समयमा सफलता लिन सकेको बताइन् । ‘मेरै मध्यस्ततामा बहराइन र नेपालबीच श्रम सम्झौता भएको हो,’ उनको दाबी छ, ‘अब ओमनमा राजदूत भएर जान पाएमा मैले 
दुई देशबीच हुन नसकेको सम्झौताहरू गराउन 
सक्छु । नेपाली कामदारको हितको लागि महत्त्वपूर्ण काम गर्न सक्छु ।’ 
पूर्वराजदूत सुर्यनाथ मिश्र ‘म्यानपावरका डाइरेक्टरलाई राजदूत बनाउने कार्य गलत’ भएको बताए । ‘खाडीमा जति नेपालीको दयनीय स्थिति छ । त्यो सबै म्यानपापवरवालाहरूको बदमासीले हो,’ चार वर्ष कतारमा सफल कार्यकाल पूरा गरेर फर्केका मिश्रले कान्तिपुरलाई भने, ‘म्यानपावरवालाहरू कामदारको 
हितभन्दा व्यवसायको उत्थानमा लाग्ने कार्य स्वाभाविक छ । यो त माछोको रेखदेख गर्न बकुलोलाई जिम्मा दिएजस्तै हो ।’ 

ओमनमा राजदूतमा सिफारिसमा परेकी शर्मिला पराजुली । 

प्रकाशित : असार २२, २०७३ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?